१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो News Polar भोटेकोशी बाढीपछिको प्रश्न-फेरि बाढी आउँदा हामी कति तयार छौँ? News Polar नयाँ अभ्यासले संसद्लाई बलियो बनाएको सभामुख अर्यालको दाबी News Polar धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली News Polar आइपियुमा जलवायु विपद्बारे नेपालले ‘आपतकालीन प्रश्ताव’ लैजाने, ५० देशको समर्थन News Polar रसुवा बाढीपछि शव व्यवस्थापन र आश्रयस्थलको खोजी मुख्य चुनौतीपूर्ण रह्योः प्रहरी News Polar अनलाइन हिंसामा परेकाले गर्दैनन् उजुरी News Polar जनकपुरधाममा प्रधानाध्यापकहरूको राष्ट्रिय शिखर सम्मेलनः शैक्षिक रूपान्तरणका लागि साझा कार्यदिशा तय हुने News Polar प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, विपद् व्यवस्थापनदेखि डिजिटल शासनसम्म प्राथमिकता News Polar राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ बैठक, ९८ घण्टा १० मिनेट काम News Polar गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब News Polar आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल News Polar जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताः उत्साहित खेलाडी, न्यून दर्शक

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताः उत्साहित खेलाडी, न्यून दर्शक
अ अ+ अ-

पोखरा । ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराका साथ यतिबेला पोखरा रङ्गशालामा नवाँै राष्ट्रिय खेलकुद प्रतियोगिता भइरहेको छ । यो खेलप्रेमीका लागि एउटा उत्सव हो । अहिले कास्कीलगायत गण्डकी प्रदेशका आठ जिल्लामा विभिन्न ३६ खेलमा छ हजार बढी खेलाडी मैदानमा उत्रेर आफ्नो खेल प्रदर्शन गरिरहका छन् । यद्यपि खेलाडीले पर्याप्त दर्शकको साथ भने पाउन सकेका छैनन् ।

पर्यटकीय राजधानी पोखराको खेल मैदानमा माछापुच्छ्र«े र अन्नपूर्ण हिमशृङ्खलामा आँखा जुँधाएर खेल्न पाउँदा खेलाडी जति उत्साहित छन् त्यति नै दर्शकको गर्बिलो उपस्थिति हुन नसक्दा खेलाडी आफ्नो प्रस्तुतिमा उत्साहित बन्न सकेका छैनन् । लमजुङका टेबलटेनिस खेलाडी प्रितम गुरुङले पहिलोपटक राष्ट्रिय खेलमा भाग लिनुभएको बताउनुभयो । “म पहिलोपटक राष्ट्रिय खेलमा भाग लिन पाउँदा उत्साहित छु, टेनिस डबलमा तेस्रो स्थान हासिल गर्न सफल भयौँं, तर खेलमा दर्शकको उपस्थिति भने निकै न्यून छ”, उहाँले भन्नुभयो, “खेलाडीलाई उत्साह थप्ने नै दर्शकको साथ, माया र हुटिङले हो तर, सोचेजस्तो दर्शकको उपस्थिति देखिएन ।”

खेलप्रतिको क्रेज बढ्दै गइरहेको सन्दर्भमा दर्शकको उपस्थिति पनि महत्वपूर्ण हुने र दर्शकको न्यून उपस्थिति हुनुमा व्यवस्थापकीय कमजोरी हुनसक्ने उहाँको बुझाइ छ । महिला क्रिकेटको राम्रो सम्भावना रहे पनि खेलाडीलाई उत्साह थप्ने दर्शकको साथ भने रङ्गशालाको क्रिकेट मैदानमा देखिएन । खेलाडी आफैँ चिच्याएर उत्साह थपिरहेका थिए, मैदान वरिपरि दर्शकको उपस्थिति थिएन ।

महिला क्रिकेट खेलकुद प्रतियोगिताका संयोजक सञ्जयकान्त सिग्देलले क्रिकेट खेलमा दर्शकको कमजोर उपस्थिति हुनुमा व्यवस्थापकीय कमजोरी भएको स्वीकार्नुहुन्छ । “हामीबाट कमजोरी भएका छन्, यसअघिका प्रतियोगिता हेर्न आउने दर्शकलाई समेत हामीले ल्याउन सकेनाँै, त्यसका विभिन्न कारण हुन सक्छन् ।”

दर्शकका लागि ‘प्यारापिट’ बनाउन नसक्नु र राष्ट्रिय खेलमा धेरै ‘इभेन्ट’ हुनु र दर्शकमा विकल्प खुला भएकाले पनि दर्शक पाउन नसकिएको उहाँको भनाइ छ । “खेलका धेरै विकल्प भए यति शून्य हुन्छ भन्ने लागेको थिएन”, उहाँले भन्नुभयो, “यसलाई शिक्षाका रूपमा लिएर आगामी प्रतियोगितामा क्रिकेटप्रेमी दर्शकको उपस्थिति बढाउन पहल गर्नेछौँ ।” उहाँले पर्वत बागलुङसँगै केही जिल्लाका महिला खेलाडी आएरसमेत खेल हेरेको बताउँदै यसलाई भने सकारात्मक पक्षका रूपमा लिनुपर्ने बताउनुभयो ।

तनहुँबाट राष्ट्रिय खेलमा पहिलोपटकट सहभागिता जनाउनुभएकी ब्याटमिन्टन खेलाडी दिलाशा रानाले सोचेजस्तो दर्शकको उपस्थिति हुन नसकेको बताउनुहुन्छ । सिङ्गल ब्याटमिन्टनमा पराजित हुन पुगे पनि अब डबल, मिक्स डबल खेलमा आफ्नो उत्कृष्ट प्रदर्शन गर्न आतुर हुनुहुन्छ । रानाले एकैचोटी विभिन्न खेल हुँदा कुनै कुनै खेलमा दर्शकको कमजोर उपस्थिति भएको हुनसक्ने बताउनुहुन्छ । “दर्शकको एउटै रोजाइँ हुन्न, जुन खेलमा रुचि राख्नुहुन्छ, त्यतै जानुहुन्छ अहिले धेरै खेल भइरहेका छन्”, उहाँले भन्नुभयो ।

खेलप्रति दर्शको क्रेज बढाउन खेलाडी स्वयं र आयोजकको पनि दायित्वसँगै प्रचार–प्रसार पनि अपरिहार्य हुने उहाँको भनाइ छ । ह्याण्ड बलतर्फ स्वर्ण पदक जित्न सफल गण्डकी प्रदेशका खेलाडी विशाल बस्नेतले अरु खेलमा भन्दा ह्याण्डमा आफूहरुले दर्शकको साथ राम्र्र्रै पाएको प्रतिक्रिया दिनुभयो । झण्डै दुई दर्जन बढी अन्तर्राष्ट्रिय खेलमैदानमा पुगेर खेलकुदको रिपोर्टिङ गरेको अनुभव सङ्गाल्नुभएका एसियाली खेलकुद पत्रकार महासङ्घका कोषाध्यक्ष एवं बिबीसी नेपाली सेवाका खेलकुद पत्रकार नीरञ्जन राजवंशी खेलकुदको कुम्भमेलालाई आयोजकले थप व्यवस्थित र प्रचारात्मक गतिविधि गर्न चुकेको बताउनुहुन्छ ।

उपराष्ट्रपति नन्दबहादुर पुनको समुपस्थितिमा भएको नवौँ राष्ट्रिय खेलको औपचारिक उद्घाटन समारोहमासमेत प्यारापिट खाली देखिनु नै कमजोर व्यवस्थापनको नजिता भएको उहाँले बताउनुभयो । “खेलले सिटी चिनाउँछ, खेलाडीको मनोबल उच्च बनाउने दर्शकको उपस्थिति निकै महत्वपूर्ण हुन्छ”, उहाँले भन्नुभयो, “यद्यपि गण्डकीमा भएको खेलमा खेलाडी उत्साह लिएर खेले पनि दर्शकको साथ सोचेजस्तो पाएनन् ।”

राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङले खेलप्रेमी भएको पोखरामा दर्शकको उपस्थिति कमजोर हुनुमा होस्ट गरेको गण्डकी प्रदेश र आयोजकबाट व्यवस्थापकीय कमी कमजोरी रहेको बताउनुहुन्छ । “पोखरा खेल पर्यटनको सहर पनि हो, यहाँ धेरै इभेन्ट हुँदै आएका छन् र उस्तै मात्रामा खेलप्रेमी दर्शक पनि छन्”, उहाँले भन्नुभयो, “खेलाडी उत्साह देखिएको यस प्रदेशमा दर्शकको उत्साहमा कमी देखियो ।”

राष्ट्रिय खेलकुद परिषद् गण्डकी प्रदेशका सदस्यसचिव धनश्याम पौडेलले दर्शकको उपस्थिति कम हुनुमा हरेक खेलको प्रत्यक्ष प्रसारण भएकाले र अर्कोतर्फ कोरोना र डेङ्गुका कारण पनि भिडमा मान्छेको रुचि कम भएको हुनसक्ने बताउनुहुन्छ । “हामीले प्रचार–प्रसारका लागि वडा तहदेखिनै गरेका थियौँ, अहिले भीडभाडभन्दा घरमै बसेर खेलको प्रत्यक्ष प्रसारण हेर्न मिल्ने भएकाले पनि दर्शकको उपस्थिति कमी भएको हो कि भन्ने हामीले अनुमान गरेका छौँ”, उहाँले भन्नुभयो । खेलाडीका लागि प्रत्यक्ष दर्शकको उपस्थितिले नै ऊर्जा थप्ने भएकाले यस विषयमा गम्भीर समीक्षा गरेर आगामी खेलमा दर्शकको उपस्थित बढाउने रणनीतिमा तय गर्न सकिने उहाँको भनाइ छ ।

झण्डै चार दशकपछि पोखराको खेलमैदानमा जारी नवौँं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३६ खेलमा १० खेल गण्डकी प्रदेशका आठ जिल्लामा र २६ खेल पोखराका खेलमैदानमा जारी छन् । ११ टिमका छ हजार एक सय ५७ खेलाडीमा चार हजार पाँच सय बढी खेलाडी भने पोखराको खेलमैदानमा छन् । रासस