२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारी कोष एक खर्ब ४३ अर्बले घाटामाः अर्थमन्त्री (पूर्णपाठ सहित)



अ+ अ-

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले देशको सञ्चित कोष एक खर्ब ४३ अर्बले घाटामा रहेको बताउनुभएको छ । 

मंगलबार प्रतिनिधिसभाको बैठकमा आर्थिक स्वेतपत्र जारी गर्दै उहाँले २०७४ सालमा तत्कालीन सरकारले आर्थिक स्वेतपत्र जारी गर्दा ४३ अर्बले घाटामा रहेको सञ्चित कोष आर्थिक वर्ष २०७६र७७मा २ खर्ब १६मा पुगेको जानकारी दिनुभयो ।

‘आर्थिक वर्ष २०७७/७८सम्म बचत हुन सक्ने देखिएको ७३ अर्बलाई सञ्चित घाटा पूर्तिमा लगाउने हो भने पनि एक खर्ब ४३ अर्बले सञ्चित कोष घाटाम रहेको देखिएको छ,’ उहाँले स्वेतपत्रमा भन्नुभयो । यस्तै उहाँले स्रोतसँग मेल नखानेगरी प्रचारात्मक ढंगले बजेटको आधार वृद्धि हुँदै आएको पनि बताउनुभयो ।