१४ आश्विन २०८१, सोमबार
,
Latest
विपद्मा परेका २५८ जनाको हवाई उद्धार, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र ललितपुरमा उद्धार जारी ग्लोबल आइएमई बैंकका ग्राहक तथा परिवारले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने पानी घटेपछि बाढीपीडितहरू घर फर्किए अलपत्र परेका यात्रुलाई सेनाको हेलिकप्टरमा उद्धार गरिँदै बाढीले बल्खु तरकारी बजारमा रु तीन करोडको क्षति दुर्गा प्रसाईंविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर प्रधानमन्त्री ओली स्वदेश फिर्ता महासभाको दौरानमा भएका भेटवार्ता द्विपक्षीय सम्बन्ध सुधारमा सहयोगी: अमेरिका सर्वोच्चका प्रश्तावित न्यायाधीशद्वय निरौला र पाण्डेको संसदीय सुनुवाई प्रक्रिया शुरु दुई दिनमा ३० हजार यात्रुले लिए अग्रिम टिकट
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक सञ्जालबाट गायब भए भिटेन, युट्युबबाट हटाए सबै गीत



अ+ अ-

काठमाडौं । र्‍यापर समिर घिसिङ आका भिटेन सामाजिक सञ्जालबाट एक्कासि गायब भएका छन् ।

भिटेनले मंगलबार रातिदेखि आफ्नो आधिकारिक युट्युब च्यानल ‘भिटेन म्युजिक’बाट एउटा बाहेक सबै गीत हटाएका छन् । उनले १३ दिनअघि रिलिज भएको ‘आफ्नै बाटो’ बोलको गीत बाहेक अरु सबै गीतहरु युट्युबबाट हटाइएका छन् ।

यति मात्र होइन, भिटेनले इन्स्टाग्रामबाट पनि दुईवटा बाहेक सबै तस्वीर डिलेट गरेका छन् । उनको फेसबुक पेज पनि निष्क्रिय गरेका छन् ।

गत साता मात्रै जापान भएको कन्सर्टमा भिटेनको स्थितिलाई लिएर उनका फ्यान चिन्तितमा रहेका छन् । साथै उनले एक इन्स्टाग्राम लाइभमा गरेका रोईकराई र पागलपनलाई लिएर समेत थप चिन्ता बढेको थियो ।

सामाजिक सञ्जालमा भिटेनका फ्यानले मानसिक स्वास्थ्यको ख्याल गर्न सुझाएका थिए । फेरी फ्यानलाई चिन्ता थप्ने गरी भिटेन सामाजिक सञ्जालबाट गायब भएका छन् ।

भिटेनको मस्तिष्कमा के कुरा चलिरहेको छ भन्ने कुरा उनी आफैं बाहेक अरु कसैलाई थाहा छैन । तर जे चलिरहेको छ ठिकठाक चलिरहेको छैन । मुडी स्वभावका भिटेनको यस्तो हर्कतले फ्यानलाई थप चिन्तित बनाएको छ ।