२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar खाद्य तथा औषधि प्राधिकरण स्थापना र सञ्चालनबारे छलफल News Polar किष्ट सेन्टरमा क्यान्सरका बिरामीलाई तीन सातासम्म निःशुल्क सेवा News Polar परराष्ट्रमन्त्री खनालसँग राजदूत सुकलालको भेट News Polar टेलिकम जुम्लाद्वारा पाँच हजार ७८९ सिमकार्ड वितरण News Polar आरुघाट पुलमा बेलीब्रिज निर्माणका लागि सात ट्रक सामग्री News Polar पर्वतीय विपद् व्यवस्थापनका लागि नीतिगत पुनरावलोकन गर्नुपर्ने News Polar स्याफ्रुबेसी पुगेर प्रचण्डको अपिल : जलवायु न्यायका लागि नेपाललाई क्षतिपूर्ति देऊ News Polar नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य News Polar वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ News Polar हुलाकलाई जनताको महत्वपूर्ण अंगका रूपमा विकास गर्छौंः सञ्चारमन्त्री तिमिल्सिना News Polar कोरियाका लागि प्रश्तावित राजदुत डा. श्रेष्ठको कार्ययोजनाः ‘कुटनीतिलाई आर्थिक समृद्धि र नागरिक सुरक्षासँग जोड्छु’ News Polar ओमानका लागि प्रस्तावित राजदूत राणाको कार्ययोजनाः श्रम, आर्थिक र जलवायु कुटनीति प्राथमिकतामा News Polar जनशक्ति, बजेट र प्रविधिको अभावका बीच हुलाक सेवालाई सुधार गरिरहेका छौँः महानिर्देशक पंगेनी News Polar चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे News Polar प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी News Polar एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते News Polar मध्यपूर्वको द्वन्द्व र एआई लगानीबीच सन् २०२६ को विश्व आर्थिक वृद्धिदर ३.१ प्रतिशत पुग्ने आईएमएफको प्रक्षेपण News Polar रुस–युक्रेन ‘ऊर्जा युद्धविराम’: ट्रम्पको दाबी, जेलेन्स्की भन्छन्–‘मलाई जानकारी छैन’ News Polar बाढीमा सम्पर्कविहीन प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम दिन शुरु News Polar विपद् व्यवस्थापनमा तथ्य र तथ्याङ्कमा आधारित बलियो प्रणाली आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ

नेपाल इन्फ्रास्ट्रक्चर बैंक र वोन्डर्स ग्रुपबीच कर्जा लगानी गर्ने सम्झौता

नेपाल इन्फ्रास्ट्रक्चर बैंक र वोन्डर्स ग्रुपबीच कर्जा लगानी गर्ने सम्झौता
अ अ+ अ-

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक र वोन्डर्स ग्रुपबीच कर्जा लगानी सम्झौता भएको छ । बैंकका अनुसार काठमाडौंको कमलादी र धनकुटाको भेडेटारमा निर्माणाधीन मुलुकको पहिलो ‘स्काइ वाक टावर’ परियोजनाहरू निर्माण र सञ्चालनका लागि उक्त सम्झौता भएको हो ।

कोभिड–१९ बाट सिर्जित विषम परिस्थितिका बाबजुद मुलुकको पर्यटकीय पूर्वाधारमा नवीनतम अवधारणासहित काठमाडौँको कमलादी र धनकुटाको भेडेटारमा निर्माणाधीन मुलुकको पहिलो ‘स्काइ वाक टावर’ परियोजनाहरू निर्माण र सञ्चालनका लागि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को एकल लगानीमा परियोजना निर्माणकर्ता वोन्डर्स ग्रुपसँग कर्जा लगानी सम्झौता सम्पन्न भएको छ।

वोन्डर्स ग्रुपको निर्माणाधीन कमलादीस्थित ‘स्काइ वाक टावर’ ७८ मिटर उचाइको हुने र उक्त टावरमा योगास्थल, रेस्टुरेन्टलगायतका मनोरञ्जनात्मक क्रियाकलापहरूको लागि व्यवस्थासहितको पूर्वाधारहरू रहनेछन् । मुलुककै अग्लो उचाइको टावरबाट काठमाडौं उपत्यकाको रमणीय दृष्य सिसाको सतहबाट अवलोकन गर्न सकिने परोयोजनाले आन्तरिक तथा बाह्य पर्यटकलाई उल्लेख्य मात्रामा आकार्षित गर्ने अपेक्षा गरिएको छ ।

यसैगरी धनकुटाको भेडेटारमा निर्माणाधीन ‘स्काइ वाक टावर’ सार्वजनिक निजी साझेदारी अवधारणाअन्तर्गत निर्माण गर्न लागिएको हो । प्रदेश १ को लगानी प्राधिकरण र परियोजना निर्माणकर्ताबीच भएको परियोजना विकास सम्झौताअनुरूप निर्माण हुनलागेको यस परियोजनाले देशको पूर्वी भू–भागको मुख्य पर्यटकीय स्थलको रूपमा परिचित भेडेटारमा थप आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन मदत गर्नेछ । बैंकले दुईवटै परियोजनाहरू निर्माणका लागि ६७ करोड ५० लाखबराबरको कर्जा सीमा स्वीकृत गरेको छ ।

बैंकको केन्द्रीय कार्यालयमा सम्पन्न उक्त सम्झौता हस्ताक्षर कार्यक्रममा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राम कृष्ण खतिवडा, नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेलगायतका बैंकको पदाधिकारीहरूको उपस्थिति थियो भने परियोजनाको तर्फबाट अध्यक्ष प्रबेन्द्र पोखरेल, सञ्चालक पदमप्रसाद न्यौपाने, सञ्चालक तेजबाहादुर सिंह, सञ्चालक खेमराज न्यौपानेलगायतका सञ्चालक र व्यवस्थापन समूहको उपस्थिति रहेको थियो ।

कार्यक्रममा अध्यक्ष प्रबेन्द्र पोखरेल तथा सञ्चालक पदमप्रसाद न्यौपानेले परियोजनाको लक्ष्यसहित भावी योजनाहरूको बारेमा जानकारी गराउँदै नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले नयाँ सोचका साथ अगाडि बढेको समूहलाई विश्वास गरी पूर्ण प्रोजेक्ट फाइनान्सिङको अवधारणा अंगीकार गरी कर्जा स्वीकृति भएको र सम्झौता सम्पन्न हुँदा आफूहरू निकै उत्साहित भएको बताउँनुभयो । साथै, परियोजनाहरूको निर्माण कार्य द्रुत गतिमा सञ्चालन गरी परियोजनाको व्यावसायिक सञ्चालन तय गरिएको मितिभित्रै सम्पन्न गरी सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।