२३ आश्विन २०८१, बुधबार
,
Latest
दशैंको उल्लास, देशभर कहाँ के भइरहेको छ ? (फोटो फिचर) जग्गा, आवास व्यवस्था पुनरावलोकन गर्न कार्यदल गठन गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल इन्फ्रास्ट्रक्चर बैंक र वोन्डर्स ग्रुपबीच कर्जा लगानी गर्ने सम्झौता



अ+ अ-

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक र वोन्डर्स ग्रुपबीच कर्जा लगानी सम्झौता भएको छ । बैंकका अनुसार काठमाडौंको कमलादी र धनकुटाको भेडेटारमा निर्माणाधीन मुलुकको पहिलो ‘स्काइ वाक टावर’ परियोजनाहरू निर्माण र सञ्चालनका लागि उक्त सम्झौता भएको हो ।

कोभिड–१९ बाट सिर्जित विषम परिस्थितिका बाबजुद मुलुकको पर्यटकीय पूर्वाधारमा नवीनतम अवधारणासहित काठमाडौँको कमलादी र धनकुटाको भेडेटारमा निर्माणाधीन मुलुकको पहिलो ‘स्काइ वाक टावर’ परियोजनाहरू निर्माण र सञ्चालनका लागि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को एकल लगानीमा परियोजना निर्माणकर्ता वोन्डर्स ग्रुपसँग कर्जा लगानी सम्झौता सम्पन्न भएको छ।

वोन्डर्स ग्रुपको निर्माणाधीन कमलादीस्थित ‘स्काइ वाक टावर’ ७८ मिटर उचाइको हुने र उक्त टावरमा योगास्थल, रेस्टुरेन्टलगायतका मनोरञ्जनात्मक क्रियाकलापहरूको लागि व्यवस्थासहितको पूर्वाधारहरू रहनेछन् । मुलुककै अग्लो उचाइको टावरबाट काठमाडौं उपत्यकाको रमणीय दृष्य सिसाको सतहबाट अवलोकन गर्न सकिने परोयोजनाले आन्तरिक तथा बाह्य पर्यटकलाई उल्लेख्य मात्रामा आकार्षित गर्ने अपेक्षा गरिएको छ ।

यसैगरी धनकुटाको भेडेटारमा निर्माणाधीन ‘स्काइ वाक टावर’ सार्वजनिक निजी साझेदारी अवधारणाअन्तर्गत निर्माण गर्न लागिएको हो । प्रदेश १ को लगानी प्राधिकरण र परियोजना निर्माणकर्ताबीच भएको परियोजना विकास सम्झौताअनुरूप निर्माण हुनलागेको यस परियोजनाले देशको पूर्वी भू–भागको मुख्य पर्यटकीय स्थलको रूपमा परिचित भेडेटारमा थप आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन मदत गर्नेछ । बैंकले दुईवटै परियोजनाहरू निर्माणका लागि ६७ करोड ५० लाखबराबरको कर्जा सीमा स्वीकृत गरेको छ ।

बैंकको केन्द्रीय कार्यालयमा सम्पन्न उक्त सम्झौता हस्ताक्षर कार्यक्रममा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राम कृष्ण खतिवडा, नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेलगायतका बैंकको पदाधिकारीहरूको उपस्थिति थियो भने परियोजनाको तर्फबाट अध्यक्ष प्रबेन्द्र पोखरेल, सञ्चालक पदमप्रसाद न्यौपाने, सञ्चालक तेजबाहादुर सिंह, सञ्चालक खेमराज न्यौपानेलगायतका सञ्चालक र व्यवस्थापन समूहको उपस्थिति रहेको थियो ।

कार्यक्रममा अध्यक्ष प्रबेन्द्र पोखरेल तथा सञ्चालक पदमप्रसाद न्यौपानेले परियोजनाको लक्ष्यसहित भावी योजनाहरूको बारेमा जानकारी गराउँदै नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले नयाँ सोचका साथ अगाडि बढेको समूहलाई विश्वास गरी पूर्ण प्रोजेक्ट फाइनान्सिङको अवधारणा अंगीकार गरी कर्जा स्वीकृति भएको र सम्झौता सम्पन्न हुँदा आफूहरू निकै उत्साहित भएको बताउँनुभयो । साथै, परियोजनाहरूको निर्माण कार्य द्रुत गतिमा सञ्चालन गरी परियोजनाको व्यावसायिक सञ्चालन तय गरिएको मितिभित्रै सम्पन्न गरी सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।