२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपनिर्वाचन गरेर फेरि कर्णालीका चार सांसदलाई जिताईन्छः माधव नेपाल



अ+ अ-

काठमाडौं । नेकपा एमाले वरिष्ठ नेता माधव कुमार नेपालले कर्णाली प्रदेशसभा सदस्य पदबाट मुक्त भएका चार सांसदलाई उपनिर्वाचन मार्फत फेरि जिताएर ल्याउने दावी गर्नुभएको छ । 

अनेरास्ववियूले आयोजना  गरेको एक कार्यक्रममा नेता नेपालले भन्नुभयो कर्णालीका चार सांसदको राजनीतिक  भबिष्य अन्योलमा परेको छैन , उपनिर्वाचन मार्फत फेरी जिताएर ल्याउछौँ । 

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षका उभिएका एमालेका चार सांसदहरु सर्वोच्चको आदेशले मुक्त भएका थिए । नेता नेपालले आफूहरु कसैको टाँग मुनि नछिर्ने स्पष्ट पार्दै अँध्यारो सुरुङभित्र आफूहरु नछिर्ने बताउनुभयो । उहाँले दम्भी र अंहकारीलाई परास्त गरेरै छाड्ने  दाबी गर्नुभयो ।