• ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
  •   Unicode
Logo
Latest
★   पश्चिम सेतीबाट उत्पादित विद्युत प्रशारणमा सम्झौता ★   राष्ट्रपतिद्वारा संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुने ★   अर्थसमिति बजेटका विषयमा राष्ट्र बैंकसँग सुझाव माग गर्ने निकाय होइन: पूर्वअर्थमन्त्री पौडेल ★   ॐ हस्पिटलमा विश्व नर्सिङ दिवस ★   सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले जेठ ३ गते विश्वासको मत लिने ★   भारतको जयपुरका विद्यालयमा बम विस्फोट गराउने धम्की ★   एक हप्ताभित्र मन्त्रिमण्डल विस्तार हुन्छः मुख्यमन्त्री कार्की ★   जसपाका नवनियुक्त मन्त्रीले लिए सपथ ★   राष्ट्र बैंकसँग रहेको साढे पाँच करोड भारतीय रकम अहिलेसम्म बुझाउन सकेका छैनौं: गभर्नर ★   संसद अवरोधबारे प्रचण्ड, ओली र रविबीच सिंहदरबारमा छलफल

नवौँ राष्ट्रिय खेलकुद: भारत्तोलनमा पुलिसलाई लगातार स्वर्ण



गण्डकी । पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत भारोत्तलनतर्फ नेपाल पुलिसले स्वर्णको सङ्ख्या आठ पु-याएको छ । प्रतियोगितामा आर्मीले चार र सुदूरपश्चिमले एक स्वर्ण जितिसकेका छन् ।

नवौँ राष्ट्रियमा भारत्तोलनतर्फ २० स्वर्णसहित कूल ६० पदकका लागि प्रतिस्पर्धा भइरहेको छ । भरात्तोलनतर्फ नेपाल पुलिस क्लब आठ स्वर्णसहित शीर्ष स्थानमा छ । मङ्गलबार नेपाल पुलिसका विकास थापाले नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत भारत्तोलन प्रतियोगिताको पुरुष ८१ केजी तौल समूहमा स्वर्ण जित्नुभएको छ ।

पोखरा उद्योग वाणिज्य सङ्घको हलमा मङ्गलबार राति भएको प्रतिस्पर्धामा उहाँले स्न्याचमा एक सय १२ र क्लीन एण्ड जर्कमा एक सय ३९ गरी कूल दुई सय ५१ केजी भारवहन गर्दै प्रहरीलाई अर्को स्वर्ण दिलाउन सफल हुनुभएको हो । यस्तै मधेस प्रदेशका राजगुरु यादवले रजत र सुदूरपश्चिम प्रदेशका नरेशकुमार चौधरीले कांस्य जित्नुभयो ।

महिला ७६ केजी तौल समूहमा नेपाल पुलिसकी पूजा कुमालले स्वर्ण जित्नुभयो । उहाँले स्न्याचमा ६१ र क्लीन एण्ड जर्कमा ७० गरी कूल एक सय ७१ केजी भारवहन गर्दै स्वर्ण जित्नुभएको हो ।

यस्तै गण्डकीकी सरस्वती गुरुङले रजत र नेपाल पुलिसकै सजना थिङ लामाले कांस्यपदक प्राप्त गर्नुभयो । महिला ८१ केजी तौल समूहको स्वर्ण नेपाल पुलिसकी तारादेवी पुनले जित्नुभयो । सोही तौल समूहमा एपिएफकी अञ्जली श्रेष्ठले रजत र सुदूरपश्चिमकी चम्फाकुमारी ठकुल्लाले कांस्य प्राप्त गर्नुभयो ।

नेपाल प्रहरीकी जुनमाया छन्त्यालले महिला ७१ केजी तौल समूहमा राष्ट्रिय रेकर्ड कायम गर्दै स्वर्ण जित्नुभयो । जुनमायाले स्न्याचतर्फ ७८ केजी भारवहन गर्दै आफ्नै रेकर्ड भङ्ग गर्दा क्लीन एण्ड जर्कमा ८९ केजी गरी कूल एक सय ६७ केजी उठाउँदै स्वर्ण प्राप्त गर्नुभएको हो । यस्तै एपिएफकी सरिता लामाले रजत र नेपाल पुलिसकी सरस्वती पुरीले कांस्य जित्नुभयो ।

महिला ६४ केजीतर्फ त्रिभुवन आर्मीकी शारदा चौधरीले स्वर्णपदक जित्नुभयो । नेपाल पुलिसकी राजलक्ष्मी थापा रजत र आर्मीकी प्रशंसा पुनले कांस्यपदक जित्नुभएको नेपाल भारत्तोलन सङ्घका अध्यक्ष रामकृष्ण श्रेष्ठ ‘बोस’ ले जानकारी दिनुभयो ।

कात्तिक २ गते सकिने प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ गरी कूल १०र१० इभेन्टमा खेल भएको हो । प्रतियोगितामा महिला ७६ र पुरुष ९६ गरी कूल एक सय ७२ जना खेलाडीले भाग लिएका छन् । रासस