१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो News Polar भोटेकोशी बाढीपछिको प्रश्न-फेरि बाढी आउँदा हामी कति तयार छौँ? News Polar नयाँ अभ्यासले संसद्लाई बलियो बनाएको सभामुख अर्यालको दाबी News Polar धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली News Polar आइपियुमा जलवायु विपद्बारे नेपालले ‘आपतकालीन प्रश्ताव’ लैजाने, ५० देशको समर्थन News Polar रसुवा बाढीपछि शव व्यवस्थापन र आश्रयस्थलको खोजी मुख्य चुनौतीपूर्ण रह्योः प्रहरी News Polar अनलाइन हिंसामा परेकाले गर्दैनन् उजुरी News Polar जनकपुरधाममा प्रधानाध्यापकहरूको राष्ट्रिय शिखर सम्मेलनः शैक्षिक रूपान्तरणका लागि साझा कार्यदिशा तय हुने News Polar प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, विपद् व्यवस्थापनदेखि डिजिटल शासनसम्म प्राथमिकता News Polar राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ बैठक, ९८ घण्टा १० मिनेट काम News Polar गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब News Polar आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल News Polar जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता

एक सय ६० पदकसहित आर्मीको अग्रता

एक सय ६० पदकसहित आर्मीको अग्रता
अ अ+ अ-

गण्डकी । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत जारी खेलमा विभागीय टिम नेपाल आर्मी क्लबले एक सय ६० पदकसहित फराकिलो अग्रता बनाएको छ ।

गण्डकी प्रदेशमा जारी खेलमा हालसम्म छ सय १९ पदकको छिनोफानो हुँदा आर्मीले ७४ स्वर्ण, ५१ रजत र ३५ कांस्य पदकसहित कूल एक सय ६० पदक हात पारेको छ । प्रतियोगितामा विभागीय टिम नेपाल पुलिस क्लब ३० स्वर्ण, २४ रजत र ३७ कांस्य पदकसहित ९१ पदक हात पारेको छ ।

त्यस्तै अर्को विभागीय टिम एपीएफले २७ स्वर्ण, ३१ रजत र ४४ कांस्य पदकसहित कूल एक सय दुई पदक हात पारेको छ । प्रतियोगितामा बागमती प्रदेशले १५ स्वर्ण, २३ रजत र २६ कांस्य सहित कुल ६४ पदक जित्दा गण्डकी प्रदेशले १२ स्वर्ण, १२ रजत र २९ कास्य पदकसहित ५३ पदक हात पारेको छ ।

त्यस्तै सुदूरपश्चिम प्रदेशले सात स्वर्ण, तीन रजत र १६ कांस्यसहित २६ पदक, एनआरएनएले छ स्वर्ण, छ रजत र चार कांस्यसहित १६ पदक, मधेस प्रदेशले पाँच स्वर्ण, पाँच रजत र १४ कांस्य पदकसहित २४ पदक तथा प्रदेश १ ले तीन स्वर्ण १४ रजत र ३० कांस्यसहित ४७ पदक जितेका छन् ।

लुम्बिनी प्रदेशले दुई स्वर्ण, १२ रजत र १७ कांस्यसहित ३१ तथा कर्णाली प्रदेशले एक स्वर्ण, एक रजत र तीन कांस्यपदक सहित पाँच पदक हात पारेको आयोजक राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । प्रतियोगिताअन्तर्गतका खेल जारी छन् । रासस