२४ आश्विन २०८१, बिहीबार
,
Latest
भारतका प्रतिष्ठित व्यवसायी रतन टाटाको निधन ‘रातोमाटोले घर पोतेपछि बल्ल दसैँ आए जस्तो लाग्छ’ खसीबोका बिक्री नभएको किसानको गुनासो बाढीपहिरोबाट सार्वजनिक यातायातमा ७३ करोडको क्षति आज आश्विन शुक्ल सप्तमी : दशैं घरसहित घरघरमा फूलपाती भित्र्याइँदै दशैंको उल्लास, देशभर कहाँ के भइरहेको छ ? (फोटो फिचर) जग्गा, आवास व्यवस्था पुनरावलोकन गर्न कार्यदल गठन गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिंगापुर पठाइदिन्छु भन्दै करिब २ करोड रुपैयाँ ठगी गरेको अभियोगमा १ जना पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौं । सिंगापुर पठाइदिन्छु भन्दै २ करोड ६१ लाख ५५ हजार रुपैयाँ ठगीमा संलग्न रहेको अभियोगमा समृद्धि अब्रोड नामक कन्सलटेन्सीका मार्केटिङ म्यानेजर काठमाडौं महानगरपालिका-६ बौद्ध बस्ने धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका-४ घर भएका ३९ वर्षीय दिप बहादुर गुरुङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । 

 काठमाडौं महानगरपालिका-५ हाडीगाउँस्थित धादिङ थाक्रे गाउँपालिका-८ घर भएका ४२ वर्षीय निमा लामाले संचालन गरेको उक्त कन्सलटेन्सीबाट करिब ७८ जनासँग सिंगापुर रोजागारीको लागि पठाइदिने भनी भिजा प्रोसेस लगायतका लागि उक्त रकम उठाई सम्पर्क बिहिन भएको भन्ने जाहेरी प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्नमध्ये गुरुङलाई पक्राउ गरेको हो ।
 
उनी उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप अनुमति लिइ आवश्यक अनुसन्धान गर्नुका साथै ठगी कार्यमा संलग्न हाल फरार कम्पनीका संचालक सहित ४ जनाको खोजी भइरहेको छ ।