२८ भाद्र २०८३, आईतवार
,
Latest
बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती छिमेकको ब्रिक्स सम्मेलनमा नेपाल अनुपस्थितः उपेक्षा कि नेपालको कूटनीतिक कमजोरी सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिंगापुर पठाइदिन्छु भन्दै करिब २ करोड रुपैयाँ ठगी गरेको अभियोगमा १ जना पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौं । सिंगापुर पठाइदिन्छु भन्दै २ करोड ६१ लाख ५५ हजार रुपैयाँ ठगीमा संलग्न रहेको अभियोगमा समृद्धि अब्रोड नामक कन्सलटेन्सीका मार्केटिङ म्यानेजर काठमाडौं महानगरपालिका-६ बौद्ध बस्ने धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका-४ घर भएका ३९ वर्षीय दिप बहादुर गुरुङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । 

 काठमाडौं महानगरपालिका-५ हाडीगाउँस्थित धादिङ थाक्रे गाउँपालिका-८ घर भएका ४२ वर्षीय निमा लामाले संचालन गरेको उक्त कन्सलटेन्सीबाट करिब ७८ जनासँग सिंगापुर रोजागारीको लागि पठाइदिने भनी भिजा प्रोसेस लगायतका लागि उक्त रकम उठाई सम्पर्क बिहिन भएको भन्ने जाहेरी प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्नमध्ये गुरुङलाई पक्राउ गरेको हो ।
 
उनी उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप अनुमति लिइ आवश्यक अनुसन्धान गर्नुका साथै ठगी कार्यमा संलग्न हाल फरार कम्पनीका संचालक सहित ४ जनाको खोजी भइरहेको छ ।