२३ आश्विन २०८१, बुधबार
,
Latest
दशैंको उल्लास, देशभर कहाँ के भइरहेको छ ? (फोटो फिचर) जग्गा, आवास व्यवस्था पुनरावलोकन गर्न कार्यदल गठन गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ



प्रतीकात्मक तस्बिर
अ+ अ-

कास्की । आफ्नै श्रीमती ५५ वर्षीया श्रीमाया कामीको हत्या गरेको अभियोगमा माछापुच्छ्रे गाउँपालिका-२ बाँझाखेत बस्ने ६५ वर्षीय श्रीराम कामीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

श्रीरामले मादक पदार्थ सेवन गरी सिलौटाको लोहोराले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएकी श्रीमायाको स्थानीय स्वास्थ्य चौकी हुँदै पश्चिम क्षेत्रीय अस्पताल गण्डकीमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बगर र प्रहरी चौकी सार्दीखोलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।