२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar खाद्य तथा औषधि प्राधिकरण स्थापना र सञ्चालनबारे छलफल News Polar किष्ट सेन्टरमा क्यान्सरका बिरामीलाई तीन सातासम्म निःशुल्क सेवा News Polar परराष्ट्रमन्त्री खनालसँग राजदूत सुकलालको भेट News Polar टेलिकम जुम्लाद्वारा पाँच हजार ७८९ सिमकार्ड वितरण News Polar आरुघाट पुलमा बेलीब्रिज निर्माणका लागि सात ट्रक सामग्री News Polar पर्वतीय विपद् व्यवस्थापनका लागि नीतिगत पुनरावलोकन गर्नुपर्ने News Polar स्याफ्रुबेसी पुगेर प्रचण्डको अपिल : जलवायु न्यायका लागि नेपाललाई क्षतिपूर्ति देऊ News Polar नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य News Polar वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ News Polar हुलाकलाई जनताको महत्वपूर्ण अंगका रूपमा विकास गर्छौंः सञ्चारमन्त्री तिमिल्सिना News Polar कोरियाका लागि प्रश्तावित राजदुत डा. श्रेष्ठको कार्ययोजनाः ‘कुटनीतिलाई आर्थिक समृद्धि र नागरिक सुरक्षासँग जोड्छु’ News Polar ओमानका लागि प्रस्तावित राजदूत राणाको कार्ययोजनाः श्रम, आर्थिक र जलवायु कुटनीति प्राथमिकतामा News Polar जनशक्ति, बजेट र प्रविधिको अभावका बीच हुलाक सेवालाई सुधार गरिरहेका छौँः महानिर्देशक पंगेनी News Polar चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे News Polar प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी News Polar एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते News Polar मध्यपूर्वको द्वन्द्व र एआई लगानीबीच सन् २०२६ को विश्व आर्थिक वृद्धिदर ३.१ प्रतिशत पुग्ने आईएमएफको प्रक्षेपण News Polar रुस–युक्रेन ‘ऊर्जा युद्धविराम’: ट्रम्पको दाबी, जेलेन्स्की भन्छन्–‘मलाई जानकारी छैन’ News Polar बाढीमा सम्पर्कविहीन प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम दिन शुरु News Polar विपद् व्यवस्थापनमा तथ्य र तथ्याङ्कमा आधारित बलियो प्रणाली आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ

पोखराका खोप केन्द्रमा मुख्यमन्त्रीको अनुमगन, खोप केन्द्र बढाउन र भीडभाड कम गर्न निर्देशन

पोखराका खोप केन्द्रमा मुख्यमन्त्रीको अनुमगन, खोप केन्द्र बढाउन र भीडभाड कम गर्न निर्देशन
अ अ+ अ-

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मंगलबार पोखराका खोप केन्द्रहरुमा अनुगमन गरेका छन् । कोरोना विरुद्धको खोप सञ्चालन भइरहेका केन्द्रमा भीडभाड बढेको, घन्टौंसम्म लाइनमा बस्नु परेको लगायत गुनासा आएपछि मुख्यमन्त्री पोखरेलले आकस्मिक रुपमा अनुगमन गरेका हुन् । मुख्यमन्त्री पोखरेलले पोखराको वडा नम्बर ७ को रत्नचोकस्थित खोपकेन्द्र, वडा नम्बर ८ को सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र र वडा नम्बर १ को खोप केन्द्रमा निरीक्षण गरी त्यहाँको वस्तुस्थितिका बारेमा जानकारी लिएका छन् ।

मुख्यमन्त्री पोखरेलले लाइनमा बसेका सेवाग्राही, खोप लगाइसकेका व्यक्ति र खोप लगाउने काममा संलग्न स्वास्थ्यकर्मीसँग कुराकानी गरे । अनुगमनपछि मुख्यमन्त्री पोखरेलले भीड नियन्त्रणका लागि खोप केन्द्र बढाउन र लाइन व्यवस्थित गर्न तत्काल प्रहरी संख्या बढाउन प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम र कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश थापालाई निर्देशन दिए । खोप ढुवानीमा समस्या भएको भन्ने गुनासो आएकामा मुख्यमन्त्री पोखरेलले स्थानीयस्तरमा गाडीको प्रबन्ध गरेर पनि केन्द्रसम्म खोप ल्याउन सकिने बताए । 

संघ र प्रदेश सरकारले खोेप अभियानलाई प्राथमिकतामा राखेको भन्दै अब विस्तारै सबै उमेर समूहकालाई पुग्ने गरी आउने भएकाले भीडभाड नगरीदिन उनले आम नागरिकसमक्ष अनुरोध गरेका छन् । उनले भने, ‘उमेर समूह अनुसार हामीले खोप वितरण गरेका छौं, बाँकी रहेको केही खोप प्राथमिकताकै आधारमा उपलब्ध गराएका छौं, हतार नगरिदिनुहोला, प्रदेशवासीलाई खोप दिलाउने जिम्मा प्रदेश सरकारको हो ।’   

खोप समयमा नआएको, लामो समयसम्म लाइनमा बस्दा पनि खोप नपाइएको, खोप बोक्ने गाडी पर्याप्त नहुँदा धेरै बेरसम्म कुर्नु परेको गुनासो सेवाग्राहीको थियो । वडा कार्यालयहरुले चेकलिस्ट बनाएर त्यसैका आधारमा नाम टाँसिदिएमा भीडभाड कम हुने सुझाव सर्बसाधारणलले दिएका छन् । खोप केन्द्रहरुमा पु¥याइएका खोप कार्ड हराएको र कतिपयले त ती कार्डमा आफैले भरेर दोस्रो डोज भन्दै पहिलो डोज लगाउन लाइनमा बसेको गुनासो समेत गरेका थिए । यसबारेमा तत्काल आवश्यक छानबिन गरी खोप र कार्ड अनियमित गर्नेलाई कारवाहीको दायरमा ल्याउन मुख्यमन्त्री पोखरेलले स्वास्थ्य सचिव विनोदविन्दु शर्मा र प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई निर्देशन दिएका छन् ।

उनले जनप्रतिधि अझै जिम्मेबार काम गर्न आग्रह गर्दै स्वास्थ्यकर्मी र स्वयंसेवीको खटाइका कारण कोरोना विरुद्धको लडाइँमा यो अहिलेसम्मको सफलता मिलेको भन्दै हौसला प्रदान गरे । 
अनुगमनमा शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार खड्गबहादुर कमाल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव विनोदविन्दु शर्मा, प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख एसपी रमेश थापा, जिल्ला स्वास्थ्य कार्यालय र महानगर स्वास्थ्य महाशाखा प्रमुख सहभागी थिए । 

स्वास्थ्य सचिव शर्माले सोमबार सुरु भएको यो चरणको खोप अभियान मंगलबार सकिने र त्यसपछि कोभिसिल्डको दोस्रो डोज लगाउन थालिने बताए । दोस्रो डोजको कोभिल्डि १ लाख ५० हजार चाहिनेमा प्रदेशमा १ लाख ४७ हजार डोज आएको छ । उद्योगी व्यवसायी लगायत विभिन्न उमेर समूहका लागि प्राथमिकता अनुसार खोप उपलब्ध गराउन लागिएको सचिव शर्माले बताए । खोप केन्द्रहरुमा खोप ढुवानीका लागि स्वास्थ्य कार्यालयसँग पर्याप्त गाडी नभएकाले समस्या भएको भन्दै सचिव शर्माले स्थानीय समाजसेवीले यसमा सहयोग गरेको भन्दै धन्यवाद दिए । वडा कार्यालय र अन्य ठाउँमा सञ्चालन गर्दा साँघुर हुने र भीडभाड बढ्ने भएकाले सरकारी विद्यालयहरुमा खोप केन्द्र सञ्चालन गर्न लागिएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताए ।