१९ असार २०८३, शुक्रबार
,
Latest
सरकारले तत्काल राष्ट्रिय चिया लिलाम बजारको स्थापना गर्नुपर्दछः नेकपा सांसद अर्याल बैतडीमा यात्रुवाहक बस दुर्घटना, क्षतिको विवरण आउन बाँकी नेप्से परिसूचक आठ अङ्कले घट्यो सरकारका १०० दिनः सार्वजनिक जग्गा संरक्षणदेखि सहकारी बचतकर्ताको रकम फिर्तासम्म सरकारले विद्युत व्यापारमा उचित कदम चाल्न आवश्यक छः काँग्रेस सांसद गुरुङ देउवा पक्षका शीर्ष नेताको बैठक सुरु, कांग्रेसभित्रको आन्तरिक समीकरणबारे छलफल हुने राष्ट्रियसभामा ६ विधेयक टेबुल सरकारले उत्पादनमूलक क्षेत्रमा बजेट केन्द्रित गर्नुपर्दछः एमाले सांसद रखाल कम्पनी रजिष्ट्रार कार्यालयमा मन्त्री यादवको आकस्मिक अनुगमन सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई, कर्मचारीले अब परिसरमै स्वास्थ्य सेवा पाउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अधिकांश खेलाडी तथा खेलकर्मीले खोप लगाइसकेः राखेप



अ+ अ-

काठमाडौं । अन्तर्राष्ट्रिय एरिनामा राष्ट्रिय झण्डा बोक्ने खेलाडी यति वेला खेलकुदका प्रतियोगिता आयोजना हुन सक्दा फुर्सदिला छन् । तिनै खेलाडीले घरेलु अभ्यासबाट आफूलाई फिट राख्न प्रयास गरिरहेका छन् । केही खेलाडीले आफ्नै पहलमा खोप लगाइसकेका छन् भने केही खोप पाउने आशामा रहेका छन् । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले समन्वय गरेर अहिले सम्म अधिकांश खेलाडी तथा खेलकर्मीले खोप लगाएको राखेपले बताएको छ । 

सरकारले अग्रपंत्तिमा कार्यरतलाई कोरोना विरुद्धको पहिलो र दोस्रो डोजको खोप उपलब्ध गराईसकेको छ । त्यसपछि वृद्धवृद्धलाई खोप दिइएको छ । विभिन्न क्षेत्र एवं संघ संस्था एवं कर्मचारीले समेत खोप लगाईसकेको छन् । राष्ट्रका गहना भनिएका खेलाडीको हकमा पनि अधिकांश खेलकुदकर्मीले राष्ट्रिय खेलकद परिषदको समन्वयमा लगाइसकेको राखेपले जनाएको छ । राखेपको समन्वयमा फुटबल, क्रिकेट, ब्याडमिन्टन गरी कुल २३ खेलका ७ सय भन्दा बढस् खेलाडीले खोप लगाएको राष्ट्रिय खेलकुद परिषदका विभागीय प्रमुख कुलबहादुर थापाले बताए ।

राखेपले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागि हुने खेलाडीलाई स्वास्थ मन्त्रालयसँगको समन्वयमा दुई पटक गरेर कोरोना विरुद्धको खोप उपलब्ध गराइसकेको छ । पहिलो चरणमा राखेपले आफ्नै प्राङ्गणमा खेलकुदसँग सम्बन्धित व्यक्तिहरुले लगाइसकेका छन् । जसमा राखेपका कर्मचारी, खेल पत्रकार र संघका पदाधिकारी पनि अटाएका थिए । अब छिटफुटहरुको लागि राखेपले नै सम्बन्धित संघको सिफारिसमा आएकालाई टेकु अस्पतालसँग समन्वय गरेर खोप उपलब्ध गराउने विभागीय प्रमुख कुल बहादुर थापाले जानकारी दिए ।

कोरोनाविरुद्धको खोपबाट अहिले सम्म ७ सय भन्दा बढि खेलकुदसँग जोडिएका पदाधिकार र खेलाडीले लगाइसकेका छन् । तत्कालै आयोजना हुने खेलका लागि पहिलो प्राथमिकता दिइएको छ भने बाँकी खेलका पदाधिकारीले पनि लगाइसकेको राखेपले जनाएको छ ।