• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   नेपाल आइडल करण परियारलाई प्रधानमन्त्री दाहालको गितार उपहार ★   लमजुङमा पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता ★   कास्कीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु, एक घाइते ★   ट्रक पार्किङ स्थल निर्माणका लागि कोशी प्रदेश सरकारले छुट्यायो दुई करोड ★   विजुलीका पोलमा जताततै ‘सवि’ ! के होला त्यो ? ★   दोस्रो चरणको छानबिनका क्रममा २० जना पक्राउ, १५ अझै फरार ★   कोपा अमेरिकाः क्यानडाले पेरुलाई हरायो ★   युरो कपः इंग्ल्यान्ड समूह विजेता र डेनमार्क उपविजेता बनेर नकआउट चरणमा ★   पोल्यान्डसँग बराबरीमा रोकियो फ्रान्स, एमबाप्पे र लेवान्डोस्कीले गरे गोल ★   युरो कपः नेदरल्यान्ड्सलाई हराउँदै अष्ट्रिया समूह विजेता बनेर नकआउट चरणमा प्रवेश

धादिङमा पालिकास्तरीय टि–२० क्रिकेट लिग सुरु



मलेखु । धादिङमा अन्तरपालिकास्तरीय टि–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । जिल्लाभित्रका स्थानीय सरकारको सहयोगमा धादिङ जिल्ला क्रिकेट सङ्घले प्रतियोगिताको आयोजना गरेको हो ।

सोमबार बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले ब्याटिङ र बेनिघाट रोराङ गाउँँपालिकाका उपाध्यक्ष टाप बहादुर श्रेष्ठले बलिङ गर्दै खेलको उद्घाटन गर्नुभयो । सो–म्याचमा स्थानीयतह र क्रिकेट सङ्घका पदाधिकारी पनि सहभागी थिए ।

प्रतियोगितामा जिल्लाभरका आठ पालिकाबाट टिम सहभागी छन् । बेनिघाट रोराङ गाउँँपालिकाको विशालटारस्थित चन्द्रोदय माध्यमिक विद्यालयको खेल मैदानमा सुरु भएको प्रतियोगितामा गजुरी गाउँँपालिका र खनियाबास गाउँँपालिकाले ‘ओपनिङ’ खेल खेलेका छन् ।

धादिङमा जिल्लास्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरिएको यो तेश्रो पटक हो । स्थानीयस्तरमै खेलाडी उत्पादन गर्ने र क्रिकेट खेलमार्फत धादिङलाई देश विदेशमा चिनाउने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको धादिङ क्रिकेट सङ्घका अध्यक्ष दिपेश कँडेलले बताउनुभयो ।