२३ आश्विन २०८१, बुधबार
,
Latest
दशैंको उल्लास, देशभर कहाँ के भइरहेको छ ? (फोटो फिचर) जग्गा, आवास व्यवस्था पुनरावलोकन गर्न कार्यदल गठन गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीविरुद्ध आगो ओकलेका प्रचण्डलाई ओलीको आगै जवाफ (भिडियोसहित)



अ+ अ-

काठमाडौं । संघिय संसदको प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच जुहारी भएको छ । 

गत साउन ५ गते प्रतिनिधिसभामा प्रचण्डले भनेका थिए, "मैले त पटकपटक भन्थे, आगोसँग खेल्नु राम्रो हुँदैन । राम्रोसँग आगोलाई एउटा इनर्जीमा परिणत गर्ने भनेर ल्याइएछ । अहिले तपाईहरुले हेर्नुभयो भने यसलाई हेप्ने अपमानित गर्न थाल्नुभयो भने आगो फेरि सल्किनसक्छ ।" 

यसको जवाफमा अध्यक्ष ओलीले आज (मंगलबार)को बैठकमा प्रचण्डतर्फ इंगित गर्दै भने, "उहाँ आगो हो थाहा छ डढेलो लगाउनुहुन्छ, तर एक दुई बाल्टी पानीले निभाएको पनि सम्झना रहोस् । यस्तो डढेलो निभाउन हामीलाई पनि आउँछ । यस्ता आगो निभाउन पानी खन्याउनुपर्छ ।"