२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar खाद्य तथा औषधि प्राधिकरण स्थापना र सञ्चालनबारे छलफल News Polar किष्ट सेन्टरमा क्यान्सरका बिरामीलाई तीन सातासम्म निःशुल्क सेवा News Polar परराष्ट्रमन्त्री खनालसँग राजदूत सुकलालको भेट News Polar टेलिकम जुम्लाद्वारा पाँच हजार ७८९ सिमकार्ड वितरण News Polar आरुघाट पुलमा बेलीब्रिज निर्माणका लागि सात ट्रक सामग्री News Polar पर्वतीय विपद् व्यवस्थापनका लागि नीतिगत पुनरावलोकन गर्नुपर्ने News Polar स्याफ्रुबेसी पुगेर प्रचण्डको अपिल : जलवायु न्यायका लागि नेपाललाई क्षतिपूर्ति देऊ News Polar नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य News Polar वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ News Polar हुलाकलाई जनताको महत्वपूर्ण अंगका रूपमा विकास गर्छौंः सञ्चारमन्त्री तिमिल्सिना News Polar कोरियाका लागि प्रश्तावित राजदुत डा. श्रेष्ठको कार्ययोजनाः ‘कुटनीतिलाई आर्थिक समृद्धि र नागरिक सुरक्षासँग जोड्छु’ News Polar ओमानका लागि प्रस्तावित राजदूत राणाको कार्ययोजनाः श्रम, आर्थिक र जलवायु कुटनीति प्राथमिकतामा News Polar जनशक्ति, बजेट र प्रविधिको अभावका बीच हुलाक सेवालाई सुधार गरिरहेका छौँः महानिर्देशक पंगेनी News Polar चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे News Polar प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी News Polar एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते News Polar मध्यपूर्वको द्वन्द्व र एआई लगानीबीच सन् २०२६ को विश्व आर्थिक वृद्धिदर ३.१ प्रतिशत पुग्ने आईएमएफको प्रक्षेपण News Polar रुस–युक्रेन ‘ऊर्जा युद्धविराम’: ट्रम्पको दाबी, जेलेन्स्की भन्छन्–‘मलाई जानकारी छैन’ News Polar बाढीमा सम्पर्कविहीन प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम दिन शुरु News Polar विपद् व्यवस्थापनमा तथ्य र तथ्याङ्कमा आधारित बलियो प्रणाली आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ

आदिवासी जनजातीको अन्तक्रियामा नेताहरुको फरक–फरक धारणा

आदिवासी जनजातीको अन्तक्रियामा नेताहरुको फरक–फरक धारणा
अ अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व मन्त्री वर्षमान पुनले आदिवासी जनजातीको पहुँच सबै क्षेत्रमा बिस्तार हुँदै गएको बताउनुभएको छ ।

नेपाल आदिवासी जनजाती महासंघको अन्तरक्रिया कार्यक्रममा नेता पुनले आदीवासी जनजातीको पहुँच सबै क्षेत्रमा बिस्तारै बिस्तारै बिस्तार हुँदै गएको बताउनुभएको हो । उहाँले आदीवासी तथा जनजातीको पहुँच बिस्तार हुँदै गएपनि पर्याप्त नभएको बताउनुभयो । उहाँले आदीवासी र जनजातीको कोणबाट हेर्दा नपुगेको देखिएपनि प्रतिपक्षबाट हेर्दा धेरै भएको जस्तो देखिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्रत्यक्ष र समानुपातिक समावेशिताका कारणले उपस्थिती हुने अवसर पनि आदिवासी र जनजातीले पाएका छन्, कमसेकम बोल्ने ठाउँमा, नीति निर्माण तहमा बिस्तारै पहुँच पुगेको छ, तर पर्याप्त छैन, आदीवासी जनजातीको कोणबाट हेर्दा पुगेको देखिँदैन, प्रतिपक्षबाट हेर्दा धेरै भएको जस्तो देखिन्छ ।”

त्यसैगरी अन्तरक्रिया कार्यक्रममै जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता अशोक कुमार राईले संविधान भित्रका कतिपय कुराहरु उपलब्धिपूर्ण रहेको बताउनुभयो । उहाँले जनताले ७० वर्षस्म्म लडेर ल्याएको कुराहरुलाई थप संरक्षण गर्न आवश्यक रहेको औँल्याउनुभयो ।

उहाँले भन्नुभयो, “यो संविधान भित्रका कतिपय उपलब्धिपूर्ण कुराहरु छन्, ७० वर्षसम्म नेपाली जनताले लडेर ल्याएका चिजहरुलाई पनि त्यहाँ राखिएको छ, तिनै उपलब्धिहरुको संरक्षण गर्दै थप उपलब्धिका निम्ति प्रयत्न गर्न आवश्यक छ भन्ने हाम्रो ठम्याइ हो, त्यो शान्तिपूर्ण ढंगले जनतामा गएर निर्वाचनका माध्यमबाट गर्न सकिन्छ, भन्ने पनि निस्कर्ष हो ।”

नेपाली कांग्रेसकी नेतृ सीता गुरुङले हरेक राजनीतिक दलहरुले राज्यको समस्याका रुपमा आदीवासी जनजातीका समस्यालाई नलिकन यी समस्याहरु हल नहुने बताउनुभयो । उहाँले राजनीतिक दलहरुले नै राज्यको एजेण्डा बनाएर नलगेसम्म आदीवासी जनजातीले समान अधिकार, प्रतिनिधित्व र पहिचान पाउने बताउनुभयो ।

उहाँले भन्नुभयो, “आफ्नो समस्याका रुपमा हरेक राजनीतिक दलहरुले यो राज्यको समस्या हो, राज्यको समस्याको समाधान गर्ने दायित्व राजनीतिक दलहरुको हो नभनुन्जेलसम्म लक्षित समुदायले न्याय पाउँदैन, त्यसले मात्र आवाज उठाइरहनुपर्छ, राजनीतिक दलहरुले नै राज्यको एजेण्डाको रुपमा आदिवासी जनजातीको एजेण्डालाई स्वीकार गर्न सक्यो भने हामीले उठाउँदै आइरहेको पहचान, प्रतिनिधित्वका कुरा, समान प्र्रतिष्ठाका कुराहरुलाई उजागर गर्न सकिन्छ ।”

उहाँले लक्षित समुदायले मात्रै एजेण्डा उठाएर नहुने भन्दै सबै राजनीतिक दलहरुले आदिवासी जनजातीका एजेण्डा उठाउनुपर्नेमा जोड दिनुभयो ।