२३ आश्विन २०८१, बुधबार
,
Latest
दशैंको उल्लास, देशभर कहाँ के भइरहेको छ ? (फोटो फिचर) जग्गा, आवास व्यवस्था पुनरावलोकन गर्न कार्यदल गठन गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस सभापति देउवामाथी यसरी गर्जिए पौडेल, अब के गर्लान देउवा ?



अ+ अ-

काठमाडौ । काठमाडौँमा सोमबार र मंगलबार भएको भेलामा सहभागी जिल्ला सभापतिहरुले तोकिएको भदौ १७, १८ र १९ गते तोकिएको महाधिवेशन जसरि पनि सम्पन्न गर्नुपर्ने माग राखेका हुन् ।

भेलाले क्रियाशील सदस्यहरुको छनौट सम्बन्धि विवाद तुरुन्त समाधान गर्न पनि पार्टी नेतृत्वलाई आग्रह गरेको छ । तत्काल विवाद समाधान नहुने भए विवाद रहेका स्थानमा १३औं महाधिवेशनको क्रियाशील सदस्यलाई आधार मानेर बिबादको निकाश दिन पनि सभापतिहरुको भेलाले पार्टी नेतृत्वलाई आग्रह गरेको छ ।

पार्टीको बैधानिकता बचाउन जुन छिटो बिधि हुन्छ त्यो बिधि अपनाएर महाधिवेशन गर्न भेलामा सहभागीहरुले सुझाव दिएको नेपाली कांग्रेस नुवाकोट जिल्ला सभापति जगदिश्वर नरसिंह केसिले जानकारी दिनु भयो । काठमाडौँको एक होटलमा २ दिन सम्म चलेको भेलामा ५६ जिल्लाका सभापतिहरु सहभागी हुनुभएको नेपाली कांग्रेस काभ्रे जिल्ला सभापति मधु आचार्यले जानकारी दिनु भयो ।  

प्रधानमन्त्री तथा पार्टी सभापति शेर बहादुर देउबाले महाधिवेशन नगर्न कानुनी परामर्श गरेको,क्रियाशील सदस्य विवाद समाधान नगरेको साथै निर्वाचन आयोगमा आफ्नो प्रभाव देखाएर पर धकेल्ने प्रयास गरेको निष्कर्ष भेलाले निकालेको काभ्रे जिल्ला सभापति आचार्यले बताउनु भयो ।

पार्टीको बिधान भन्दा माथि देशको संबिधान रहेकोले संबिधान बिपरित हुने काम नगर्न पार्टी सभापति देउबालाई सचेत गराउने निष्कर्ष भेलाले निकालेको सभापति आचार्यले बताउनु भयो ।  भेलामा सहभागीहरुलाई सम्बोधन गर्न नेपाली कांग्रेसका नेता राम चन्द्र पौडेल,कोषाध्यक्ष सीतादेवी यादव, नेताहरु प्रकाशमान सिंह,रामशरण महत,सुजाता कोइराला,शेखर कोइराला होटल पुग्नु भएको थियो ।