२३ आश्विन २०८१, बुधबार
,
Latest
दशैंको उल्लास, देशभर कहाँ के भइरहेको छ ? (फोटो फिचर) जग्गा, आवास व्यवस्था पुनरावलोकन गर्न कार्यदल गठन गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल समूहले अर्को पार्टी गठन गर्ने



अ+ अ-

काठमाडौं एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अर्को पार्टी बनाउने भएका छन् । अध्यक्ष केपी शर्मा ओलीसँग झुकेर नबस्ने भन्दै नेपालले नयाँ पाटी खोल्ने तयारी गरेका हुन् ।

काठमाडौंमा आज आफुनिकट विद्यार्थीको कार्यक्रममा वरिष्ठ नेता नेपालले आफु र आफ्नो समूह कसैको टाङमुनी नछिर्ने बताउदै यसको विकल्प खोज्नुपर्ने बेला आएको बताएका हुन् । 

नेता नेपालले कारवाहीमा परेका कर्णाली प्रदेशका आफनो समुहका सांसदलाई उपनिर्वाचनमा जिताएर ल्याउने समेत बताउनुभयो । सांसदले गलत प्रवृतिविरुद्ध लडेको भन्दै पद खारेज भएपनि जिताउने जिम्मा आफनो भएको नेता नेपालले घोषणा गर्नुभयो ।

नेता नेपालका पछिल्ला भनाइले एमालेमा एकताको संभावना सकिदै गएको देखिएको छ ।