१३ भाद्र २०८३, शनिबार
,
Latest
नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने धादिङबेँसी जोड्ने वैकल्पिक सडक सञ्चालनको तयारी, उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन माथिल्लो त्रिशुली थ्री ‘ए’ मा फसेकालाई साँझसम्म उद्धार गर्ने तयारी ‘आँशुको भेल र पर्खाइको पहाड’–त्यो सुरक्षित भनिएको घर र १० सेकेण्डको प्रलय शिक्षकको हत्या गरेको आरोपमा ११ जना प्रहरीको नियन्त्रणमा आयोजनाको सुरुङबाट विदेशीसहित २०८को उद्धार बाढीपीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने भोटेकोशी बाढी : वीर अस्पतालमा उपचारपछि १६ जना घर फर्किए
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीले खेतबारी बगर, बनायो घरबास उठिबास लगायो- फोटो फिचर



अ+ अ-

काठमाडौं । असोज १९ देखि २४ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढीले तिला गाउँपालिका–४ जुम्ला साँपुल्ली गाउँको खेतबारी बगरमा परिणत भएको छ । उक्त बाढीले करोडौंको भौतिक क्षति गरेको समेत गरेको छ ।

 

बाढीपहिरोका कारण कर्णाली प्रदेशमा मात्र १० हजार सात सय १४ जना घरबारविहीन भएका छन् । त्यस्तै बाढीपहिरोबाट एक हजार सात सय २० घरधुरी विस्थापित भएका छन् ।

एक सातादेखि परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परेर कर्णालीमा ३६ जनाको मृत्यु भएको थियो । बाढीपहिरोबाट जुम्लामा १० जना, मुगुमा आठ, कालिकोटमा छ, हुम्लामा चार, जाजरकोट सल्यानमा तीन÷तीन, दैलेख र डोल्पामा एक÷एक जनाले ज्यान गुमाएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयका अनुसार कर्णालीमा पूर्णरूपमा एक हजार एक सय ४० घर भत्किएका छन् भने आंशिक एक हजार छ सय १२ घर भत्किएका छन् । त्यस्तै बाढी तथा पहिरोबाट उच्च जोखिममा एक हजार चार सय ७७ घरधुरी रहेका छन् ।

बाढीपहिरोमा परेर कर्णाली प्रदेशको कालिकोटमा सबैभन्दा धेरै १७ जना बेपत्ता भएका छन् भने दैलेख, जुम्ला र डोल्पामा एकएक गरी २० जना बेपत्ता भएका छन् ।

तस्बिर- शुरबहादुर सिंह, रासस