२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदमा एमसीसी रोक्न माग गरिएका दुई रिट सर्वोच्चबाट दरपीठ



अ+ अ-

काठमाडौँ। एमसीएले एमसीसीका लागि गरेको जग्गा खरिदलगायतका कार्य रोक्न माग गर्दे दायर गर्न खोजिएको रिटसर्वोच्च अदालतले दरपीठ गरिदिएको छ । 

एमसीसीका लागि एमसिए नेपालमार्फत नेपालको राष्ट्रिय स्वाधीनता विरुद्ध प्रयोग गर्ने उद्देश्यले नेपालको नुवाकोट जिल्लाको बेलकोटगढी वडा नं–७ रातमाटेमा ३९८ रोपनी जमीन खरिद गरेकोमा सोलगायत एमसीए नेपालले गरेका कर्मचारी नियुक्तीसमेतका कार्यहरु बदरका लागि अन्तरिम आदेशसमेत माग गर्दै रीट पेश गर्न खोजिएको थियो । 

रीटमा एमसीए नेपाललाई वैधानिकता दिने गरी प्रकाशित नेपाल राजपत्रको खण्ड ६८ संख्या २ मिति २०७५ वैशाख ५ गते मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति ९गठन० आदेश, २०७४  खारेज गर्न माग गरिएको थियो । 

रिट निवेदनमा मन्त्रिपरिषद्, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल), दोस्रो तथा तेस्रो तल्ला याक एण्ड यति परिसर, दरबार मार्ग, काठमाडौँसमेतलाई विपक्षी बनाइएको थियो ।

एमसिएविरुद्ध गत वर्ष नै रीट लिएर सर्वोच्च गएकोमा अझै दर्ता नगरी राखिएकोमा फेरि एमसिए नेपाललाई एमसीसी अगावै राजपत्रमा षड्यन्त्रपूर्वक प्रकाशित गरी राज्यको बजेट दुरुपयोग गरिएको र घुमाउरो तरिकाले एमसीसी लागू गर्न खोजिएकोले अर्को रिट पुनः दायर  गर्न खोजेपनि दरपीठ गरिएको  अधिवक्ता स्वागत नेपालले जानकारी दिनुभयो ।