• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौँ–तराई–मधेश द्रूतमार्गको भौतिक प्रगति ३३ प्रतिशत ★   प्रतिपक्षीको बहिष्कारपछि गण्डकी प्रदेशसभाको बैठक स्थगन ★   दाहाल नेतृत्वको वर्तमान सरकारलाई निरन्तरता दिन एमाले तयार छः शंकर पोखरेल ★   स्याङ्जामा आगो निभाउने क्रममा जलेर महिलाको मृत्यु ★   ‘पुजार सार्की’को पहिलो गीत ‘दर्शन गरेँ’ सार्वजनिक, प्रमुख कलाकारले गरे कौडा नृत्य ★   धरौटी जम्मा गर्न नसकेपछि दीपेश पुन जेल चलान ★   फास्ट ट्रयाक समयमै सम्पन्न गर्न राज्य व्यवस्था तथा सुशासन समितिको सरकारलाई निर्देशन ★   वर्तमान सत्ता गठबन्धन अविश्वासको बोझले छिटै पतन हुन्छः काँग्रेस ★   कोशी प्रदेशः सङ्कल्प प्रस्ताव बहुमतले पारित ★   प्रधानमन्त्रीसमक्ष माडीवासीको गुनासो, ‘तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो’

विवाहबारे विद्यार्थीले लेखे यस्तो निबन्ध, शिक्षकले बोलाए भेट्न



सांकेतिक तस्बिर

एजेन्सी । आजकल सामाजिक सञ्जालमा के भाइरल हुने हो केही भन्न सकिन्न । अनौठा भिडियो, म्यासेज र पत्रहरू हरेक दिन इन्टरनेटमा भाइरल हुन्छन् ।

विद्यालय बिदाका लागि विद्यार्थीले लेखेका निवेदन पनि भाइरल भएका छन् । अहिले यही बीचमा एक विद्यार्थीले पेपरमा लेखेको निबन्ध निकै भाइरल भइरहेको छ ।

वास्तवमा शिक्षकले विद्यालयका सबै विद्यार्थीलाई विवाहको बारेमा निबन्ध लेख्न भनेका थिए । तर एक विद्यार्थीले सबै विद्यार्थीभन्दा बिल्कुलै फरक निबन्ध लेखे, जसको सामाजिक सञ्जालमा निकै चर्चा भइरहेको छ ।

विद्यार्थीले आफ्नो निबन्धमा लेखेका छन् – बिहे तब हुनेछ जब परिवारका सदस्यले केटीलाई भन्नेछन् कि तिमी ठूली भइसक्यौ र अब हामी तिमीलाई खाना खुवाउन सक्दैनौँ । तिमी आफ्नो लागि केटा जसले तिमीलाई खाना खुवाउन सक्छ ।’ उनले निवन्धमा अगाडि लेख्छन् – ‘त्यसपछि केटासँग केटीको भेट हुन्छ र दुबैको बिहे हुन्छ । दुवैले एकअर्काको परीक्षा लिन्छन् र सँगै बस्न थाल्छन् ।’

केटाले लेखेको निबन्ध देखेर शिक्षकको होश उड्यो । उनले विद्यार्थीलाई शून्य नम्बर दिँदै आएर भेट्न भनेका छन् । अहिले यो लेखिएको निबन्ध सामाजिक सञ्जालमा भाइरल भएको छ । शिक्षकले यो निबन्ध मन नपराए पनि मानिसहरुले निकै रुचाइरहेका छन् ।