५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँको सम्पदा र सस्कृति संरक्षण र जगेर्ना पहिलो प्राथामिकता: शिवसुन्दर राजवैद्य



अ+ अ-

काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ८ मा नेकपा (एमाले) का प्रतिनिधिसभाका उम्मेदवार शिवसुन्दर राज वैद्यले जनताको सेवालाई केन्द्रमा राखेर मतदाताको घरमा भोट मागिरहेको बताउनुभएको छ ।

यसअघि जिसस काठमाडौँको प्रमुख रहिसक्नुभएका राजवैद्यलाई एमालेले काठमाडौँ ८ बाट उम्मेदवार बनाएपछि उहाँ अहिले चुनावी मैदानमा व्यस्त हुनुहुन्छ । काठमाडौँ महानगरको राजनीतिक वृतमा सरल र साधारण स्वभाव भएको सक्रिय राजनीतिक कार्यकर्ताओ रुपमा परिचित उहाँलाई जिसस प्रमुख हुँदा निर्वाह गरेको भूमिका कारण पार्टीले अहिले प्रतिनिधिसभाको उम्मेदवार बनाएको बताउनुहुन्छ ।

आफू जिसस प्रमुख हुँदा काठमाडौँ जिल्लालाई पूर्ण खोप घोषणा, दिसापिसाब मुक्त जिल्ला र पूर्ण साक्षर जिल्लाको रुपमा घोषणा गर्न भूमिका खेलेको उल्लेख गर्दै विगतका कामका आधारमा पनि आफूले यसपटकको निर्वाचनमा विजयी बन्ने विश्वास व्यक्त गर्नुभयो ।

यसपटकको निर्वाचनमा स्वतन्त्र उम्मेदवारको बाढी नै आएको भन्दै उहाँले स्वतन्त्र उम्मेदवारले प्रतिनिधिसभा प्रदेशसभामा जितेमा झन् विकृति आउने बताउनुभयो । सरकार बनाउने र गिराउने खेलमा स्वतन्त्र उम्मेदवार प्रयोग हुन सक्ने भन्दै यसमा आम मतदाता सचेत भई राजनीतिक दलका उम्मेदवारलाई जिताउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

दलहरुमा व्यक्ति खराब भए पनि समयक्रममा खराब मान्छे बाहिरिने र सही मान्छेले दलको नेतृत्व गर्ने उहाँको भनाइ छ ।

राजनीतिमा आफ्नो विचार र सिद्धान्त मिल्नेसँग गठबन्धन हुनुपर्ने भन्दै उहाँले वर्तमान सत्ता गठबन्धनमा त्यस्तो केही नदेखिएकाले चुनावी माहोल गठबन्धनको पक्षमा नरहेको उहाँले जिकिर गर्नुभयो ।

आफ्नो निर्वाचन क्षेत्रमा राजधानी भएपनि सुकुम्बासी, खानेपानी तथा सडकको समस्या प्रमुख रहेको भन्दै उहाँले निर्वाचित भएको खण्डमा जनतालाई सर्वोपरी राखी यी विषयको समाधानमा काम गर्ने उहाँको भनाइ थियो ।

उहाँले धार्मिक तथा पुरातात्विक सम्पदाको संरक्षण, कला, स्थानीय जात्रा, गुठी व्यवस्थापन जस्ता विषयलाई आफूले प्राथमिकतामा राखेको पनि बताउनुभयो ।




भर्खरै