१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुक्खा पहिराले पुरिएर एकको मृत्यु, दुई घाइते



अ+ अ-

गलकोट । बागलुङको बडिगाड गाउँपालिका–७ मा सडक खन्ने क्रममा आज विहान सुक्खा पहिरा जाँदा पुरिएर एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा बडिगाड गाउँपालिका–७ का गोपीराम विक रहेको प्रहरीले जनाएको छ । इदिखोलादेखि गोठान जोड्ने मोटरबाटो खन्दै गरेको दृश्य हेर्न गएका विकको सडक माथिबाट खसेको सुक्खा पहिराले परिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विराट पौडेलले जानकारी दिनुभयो । 

पहिरामा परेर स्थानीयवासी कृष्ण विक र दुर्गा विक सामान्य घाइते भएको प्रहरीले जनाएको छ । रासस