१९ असार २०८३, शुक्रबार
,
Latest
बैतडीमा बस दुर्घटना, १७ जना घाइते राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु कर्तव्य ज्यान मुद्दाका फरार घर्तीमगर पक्राउ धनुषामा अनियन्त्रित रथका कारण बालिकाको मृत्यु सरकारले तत्काल राष्ट्रिय चिया लिलाम बजारको स्थापना गर्नुपर्दछः नेकपा सांसद अर्याल बैतडीमा यात्रुवाहक बस दुर्घटना, क्षतिको विवरण आउन बाँकी नेप्से परिसूचक आठ अङ्कले घट्यो सरकारका १०० दिनः सार्वजनिक जग्गा संरक्षणदेखि सहकारी बचतकर्ताको रकम फिर्तासम्म सरकारले विद्युत व्यापारमा उचित कदम चाल्न आवश्यक छः काँग्रेस सांसद गुरुङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुलमानको कमब्याक र दिपकराज गिरीको टिप्पणी



अ+ अ-

काठमाडौं । कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुन नियुक्त दिएपछि कलाकार दिपक राज गिरीले राम्रो काम गर्दा ढिलै भए पनि पुरस्कार पाइन्छ भन्ने राम्रो सन्देश गएको टिप्पणी गर्नुभएको छ । सामाजिक संञ्जालमा  गिरीले लेख्नुभएको छ –

कुलमान ‘न काका बौ का छोरा ! न आमा  पट्टीका न मामा पट्टिका भने जस्ता ,  तैपनि किन किन आफ्नै जस्ता लाग्ने ! उनको कार्यकाल थपियोस भनेर एकताका खूबै कराइयो !उफ्रियो !! यस्को मतलब कुलमान बाहेक अरू कसैले प्राधिकरण हाक्न सक्दैन भनेर पनि होइन , आज पनि म कहिलेकाहि त्यो कालो अध्यारो र चिसो रातहरू लाइ सम्झन्छू ,त्यतिबेला  सॉझ नै नपरोस जस्तो लाग्थ्यो!‘।करीब एक दशक त्यस्तो निरस र कष्टकर जीबन  बिताउन बाध्य भइयो !!!

आज ति दिनहरू इतिहास भएका छन् ,यिनै कुलमान को आगमन पछि ‘हामि भावनात्मक छौ , दिमागले मात्रै होइन मनले पनि सोच्ने गर्छौ त्यसैले त राज्यले उनको कार्यकाल थपेर एक पटक पुरस्कृत गरोस भन्ने लागेको हो तर त्यो त्यतिबेला सम्भब भएन ,तर आज ढिलै भएपनि उनको पुनस् आगमनले म जस्ता धेरै नेपाली लाइ खुशि लागेको हुनु पर्छ !!
 राम्रो काम गर्दा ढिलै भए पनि पुरस्कार पाइन्छ भन्ने राम्रो  सन्देश गएको छ !! स्वतंत्र नागरिकको हैसियतले सरकारको नराम्रो कामको आलोचना गरिन्छ  भने राम्रो कामको तारिफ गरिन्छ !! यो नियुक्तिको निर्णय बिल्कुल जनप्रिय निर्णय हो , सरकार लाइ धेरै धेरै धन्यवाद१ कुलमानजी लाइ बधाइ !! जय नेपाल !!!

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।