२३ आश्विन २०८१, बुधबार
,
Latest
दशैंको उल्लास, देशभर कहाँ के भइरहेको छ ? (फोटो फिचर) जग्गा, आवास व्यवस्था पुनरावलोकन गर्न कार्यदल गठन गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुलमानको कमब्याक र दिपकराज गिरीको टिप्पणी



अ+ अ-

काठमाडौं । कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुन नियुक्त दिएपछि कलाकार दिपक राज गिरीले राम्रो काम गर्दा ढिलै भए पनि पुरस्कार पाइन्छ भन्ने राम्रो सन्देश गएको टिप्पणी गर्नुभएको छ । सामाजिक संञ्जालमा  गिरीले लेख्नुभएको छ –

कुलमान ‘न काका बौ का छोरा ! न आमा  पट्टीका न मामा पट्टिका भने जस्ता ,  तैपनि किन किन आफ्नै जस्ता लाग्ने ! उनको कार्यकाल थपियोस भनेर एकताका खूबै कराइयो !उफ्रियो !! यस्को मतलब कुलमान बाहेक अरू कसैले प्राधिकरण हाक्न सक्दैन भनेर पनि होइन , आज पनि म कहिलेकाहि त्यो कालो अध्यारो र चिसो रातहरू लाइ सम्झन्छू ,त्यतिबेला  सॉझ नै नपरोस जस्तो लाग्थ्यो!‘।करीब एक दशक त्यस्तो निरस र कष्टकर जीबन  बिताउन बाध्य भइयो !!!

आज ति दिनहरू इतिहास भएका छन् ,यिनै कुलमान को आगमन पछि ‘हामि भावनात्मक छौ , दिमागले मात्रै होइन मनले पनि सोच्ने गर्छौ त्यसैले त राज्यले उनको कार्यकाल थपेर एक पटक पुरस्कृत गरोस भन्ने लागेको हो तर त्यो त्यतिबेला सम्भब भएन ,तर आज ढिलै भएपनि उनको पुनस् आगमनले म जस्ता धेरै नेपाली लाइ खुशि लागेको हुनु पर्छ !!
 राम्रो काम गर्दा ढिलै भए पनि पुरस्कार पाइन्छ भन्ने राम्रो  सन्देश गएको छ !! स्वतंत्र नागरिकको हैसियतले सरकारको नराम्रो कामको आलोचना गरिन्छ  भने राम्रो कामको तारिफ गरिन्छ !! यो नियुक्तिको निर्णय बिल्कुल जनप्रिय निर्णय हो , सरकार लाइ धेरै धेरै धन्यवाद१ कुलमानजी लाइ बधाइ !! जय नेपाल !!!

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।