२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजदेखि सुरु हुँदै टी–२० विश्वकप



अ+ अ-

एजेन्सी । टी–२० विश्वकप आजदेखि अष्ट्रेलियामा सुरु हुँदैछ । छनोट चरणअन्तर्गत पहिलो दिन दुई खेल हुनेछन् । पहिलो खेल २०१४ को च्याम्पियन श्रीलंका र नामिबियाबीच बिहान ९ः४५ बजे हुनेछ ।

त्यस्तै, दोस्रो खेल दिउँसो १ः४५ बजे युएई र नेदरल्याण्ड्सबीच हुनेछ । दुवै खेल जिलङको सिमन्ड्स स्टेडियममा हुनेछ ।

विश्वकपमा १६ टोलीले सहभागिता जनाउनेछन् । प्रतियोगिता अष्ट्रेलियाका विभिन्नि ७ स्थानमा हुनेछ । पहिलो चरणका दुई समूहबाट शीर्ष दुई–दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । पहिलो चरणमा नामिबिया, श्रीलंका, नेदरल्यान्ड्स र युएई छन् । समूह ‘बी’बाट आयरल्यान्ड, जिम्बावे, वेस्टइन्डिज र स्कटल्यान्ड छन् ।

पहिलो चरणको खेलपछि मात्रै सुपर १२ को खेलहरु हुनेछन् । सुपर १२ का टोलीले वार्मअप खेलहरु खेल्नेछन् । सुपर १२ को समूह १ मा – इंग्ल्यान्ड, न्युजिल्यान्ड, अष्ट्रेलिया, अफगानिस्तानसँगै पहिलो चरणको समूह ए को विजेता र समूह बी को उपविजेता रहनेछन् ।

यसैगरी, सुपर १२ को समूह २ – भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेशसँगै पहिलो चरणको समूह बी को विजेता र समूह ए को उपविजेता रहनेछन् । सुपर १२ का शीर्ष दुई दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

सन् २०१४ को टी–२० विश्वकप विजेता र हालै एसिया कपको उपाधि जितेको श्रीलंकाको टोलीले आजदेखि आफ्नो खेल सुरु गर्ने भएको छ । आईसीसी टी–२० वरीयतामा तल परेको कारण श्रीलंकाले प्रतियोगिताको समूह–१२ चरणमा सीधै छनोट हुन सकेको थिएन । त्यसैले यस पटक उसले छनोट चरणमा खेल्नुपर्छ ।

हालको फर्मको हिसाबले यो खेलमा श्रीलंकाको टोली जितको दावेदार हो । नामिबियाको टोलीले मेमा अन्तिम टी–२० सिरिज खेल्न सफल भएको थियो । त्यसपछि जिम्बाब्वेलाई ३–२ ले हराएको थियो । अभ्यास खेलमा नामिबियाले आयरल्याण्डलाई ११ रनले पराजित गरेको थियो ।