६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिगः ब्रेन्टफोर्डद्वारा ब्राइटन पराजित



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत ब्रेन्टफोर्डले सहज जित निकालेको छ । गएराति भएको खेलमा ब्रेन्टफोर्डले ब्राइटनलाई २–० गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा ब्रेन्टफोर्डलाई जित दिलाउन दुबै गोल इभान टोनीले गरे । २७ औँ मिनेटमा गोल गर्दै टोनीले ब्रेन्टफोर्डलाई सुरुवाती अग्रता दिलाएका थिए ।

यस्तै, ६४ औं मिनेटमा टोनीले पेनाल्टीमार्फत गोल गर्दै टिमको जित सुनिश्चित गरे । जितसँगै ब्रेन्टफोर्ड १० खेलबाट १३ अंकसहित तालिकाको आठौँ स्थानमा रहँदा ९ खेल खेलेको ब्राइटन १४ अंकसहित सातौँ स्थानमा छ ।