१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar ओमानमा हुने लिग २ शृङ्खलाका लागि नेपालको टोली घोषणा News Polar प्रतिपक्षीका मागप्रति सरकार उदासीन भएको सांसद राईको आरोप News Polar राष्ट्रसङ्घको ८१औँ महासभाः चुनौती र नेपालको प्रस्तुति News Polar डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे नियुक्त News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम News Polar आन्तरिक रोजगारी प्रवर्द्धनमा सरकार–निजी क्षेत्र सहकार्यबारे छलफल News Polar भेरी अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिग्देल नियुक्त News Polar सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त News Polar चार इन्जिन मर्मतका लागि ८ अर्ब चाहिने भन्दै नेपाल एयरलाइन्सले माग्यो नीतिगत सहजीकरण News Polar राष्ट्रिय ध्वजावाहकलाई ‘लज्जास्पद’ अवस्थामा पुग्न नदिन संरचनागत सुधार आवश्यक : सांसद कार्की News Polar २६ वर्षमा रेमिट्यान्सको पर्याय बन्यो आइएमई : अध्यक्ष ढकाल News Polar उच्च ब्याजदर र जहाज अभावले संकटमा नेपाल एयरलाइन्स News Polar प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा २५ जना, को–को छन् सल्लाहकार र कर्मचारी? News Polar कांग्रेस महाधिवेशनको तयारी तीव्र, खुलामञ्चमा मञ्च निर्माण हुँदै- तस्विरसहित News Polar लगानी र व्यवसायमैत्री वातावरण बनाउन २८ कानुन संशोधन गर्न महासंघको सुझाव News Polar गाजामा इजरायली हवाई आक्रमणः चार प्यालेस्टाइनीको मृत्यु, १० घाइते News Polar अफगानिस्तानको इस्लाम काला सीमा नाकामा भीषण आगलागीः १८ वटा इन्धन ट्याङ्कर जलेर नष्ट News Polar निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ प्रसारण लाइनको काम यसै वर्ष सकिने News Polar खोप सेवाको सुक्ष्म कार्ययोजना तयार गर्दै काठमाडौँ महानगरपालिका News Polar जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात

खराब प्रदर्शनसँगै नेपाल युएईसँग पराजित

खराब प्रदर्शनसँगै नेपाल युएईसँग पराजित
अ अ+ अ-

काठमाडौं । आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई)सँग पराजित भएको छ । 

दुबई क्रिकेट रङ्गशालामा आज भएको खेलमा नेपाल युएईसँग ९९ रनले पराजित भएको हो । युएईले दिएको २०३ रनको लक्ष्य पछ्याएको नेपाल ३५ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १०३ रनमा समेटियो ।

नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ३० रन बनाए । उनले ६५ बल खेल्दै दुई चौकाको मद्दतमा ३० रन बनाएका हुन् । त्यस्तै सुरुआती ब्याट्सम्यान पवन सर्राफले दुई रन बनाए भने कुशल भुर्तेलले पाँच रन जोडे । 

त्यस्तै रोहित पौडेलले नौ रन जोेडे भने आरिफ शेखले १५ तथा विनोद भण्डारीले १२ तथा सोमपाल कामीले १५ रन बनाए । युएईका जुनाइद सिद्दिकीले चार विकेट लिए भने कासिफ दौद र अहमेद राजाले समान दुईरदुई विकेट लिए । 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २०२ रन जोड्यो । युएईका लागि रोहन मुस्तफाले सर्वाधिक ६० रन बनाए भने मुहम्मद रिजवानले ३३ तथा चिराग सुरीले २६ रनको योगदान गरे । भृत्या अरविन्दले २४ रन बनाउँदा बसिल हमिद १७ रनमा आउट भए । 

बलिङमा सन्दीप लामिछानेले तीन तथा करण केसी र सोमपाल कामीले समान दुईरदुई विकेट हात पारे भने आरिफ शेख र दीपेन्द्र सिंह ऐरीले एक÷एक विकेट लिए ।

उक्त सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई दुई विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा यूएईसँग ४८ रनले पराजित भएको थियो । अब नेपालले आफ्नो अन्तिम खेल भोलि पपुवा न्युगिनीसँग खेल्नेछ ।