२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘२३ औं फ्लोरा एक्स्पो’ जावलाखेलमा हुने



अ+ अ-

काठमाडौं । ‘२३ औं फ्लोरा एक्स्पो’ ललितपुरको जावलाखेलस्थित खेल मैदानमा हुने भएको छ । 

फ्लोरिकल्चर एशोसिएशन नेपालले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यही चैत्र १० गतेदेखि १३ गतेसम्म सो एक्स्पो आयोजना हुने जानकारी गराएको हो । ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ सम्पन्न हुने सो एक्स्पोमा पुष्प व्यवसाय संचालनका लागि आवश्यक औंजारहरुको समेत प्रर्दशनी गरिने एशोसिएशनका वरिष्ठ उपाध्यक्ष एवम् एक्स्पो आयोजक समितिका संयोजक शिबबहादुर खड्काले जानकारी दिनु भयो ।

एक्स्पोमा अफिसिएल स्टल ४ वटा, प्रतियोगितात्मक स्टल २ वटा र व्यवसायिक स्टल ५६ सहित ६२ वटा स्टल रहनेछन । स्टलमा रहेका फूलविरुवाहरुबीच प्रतिस्पर्धा गराई उत्कृष्ट हुने पुष्प व्यवसायीलाई नगद, शिल्डसहित प्रमाणपत्रद्धारा सम्मान गरिने कार्यक्रम समेत रहेको एक्स्पो आयोजक समितिले जनाएको छ । 

फ्लोरिकल्चर एशोसिएशन नेपालको आयोजना, पुष्प विकास केन्द्रको सहआयोजना तथा बागमती प्रदेश सरकार, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र कृषि विभागको सहयोगमा सम्पन्न हुने मेलाको उद्घाटन अर्थमन्त्री जनार्दन शर्माले गर्नुहुनेछ । एक्स्पोमा ४५ हजारले अवलोकन गर्ने र करिब ७५ लाखसम्मको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । 




भर्खरै