२३ आश्विन २०८१, बुधबार
,
Latest
दशैंको उल्लास, देशभर कहाँ के भइरहेको छ ? (फोटो फिचर) जग्गा, आवास व्यवस्था पुनरावलोकन गर्न कार्यदल गठन गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेमा एकताको च्याप्टर सकियो, अध्यादेशको सहारामा दल बिभाजन हुने



अ+ अ-

काठमाडौ ।  केही दिन यता पर्ख र हेरको रणनीतिमा रहेको नेकपा एमालेको माधब नेपाल समूहले आगामी साता नयाँ पार्टी क्रियाशिल गराउन आन्तरिक तयारी गरेको छ ।  

एमालेमा बस्ने सम्भाबना सकिएको भन्दै नेपाल समूहले कानूनी रुपमा नै नयाँदल क्रियाशिल गराउने  निर्णयमा पुगेको सो समूहमा एक नेताले जानकारी दिनुभयो । ती नेताका अनुसार सम्भबत २८ गते वा त्यसपछिको  प्रतिनिधिसभाको बैठक अन्त्य गरी केही दिन भित्र  राजनीतिक दल सम्बन्धि अध्यादेश जारी  गर्ने तयारी भै रहेको छ ।

यस बारेमा बुधबार बिहान नेता नेपाल र गृहमन्त्री बालकृष्ण खाँडबीच नेता नेपालको निबासका छलफल समेत भएको थियो । नेपाल निकट ती नेताका अनुसार दल बिभाजन गर्नका लागि अबरोध बन्दै आएको प्राबधान संसदीय दल र केन्द्रीय समिति दुबैमा ४० प्रतिशत हुनु पर्ने प्राबधान लाई शंसोधन गरी र को स्थानमा वा राखी अध्यादेश जारी गर्ने सहमति सहित तयारी भै सकेको छ ।  संसदीयदलका ४० प्रतिशत नपुग्ने अबस्था रहेका कारण केन्द्रीय समितिमा ४० प्रतिसत पुर्याउने प्रयास भै रहेको भन्दै ती नेताले भन्नुभयो केन्द्रीय समितिमा बामदेब गौतमले ४० प्रतिसत पुर्योउने बचन दिनुभएको छ सायद पुग्छ होला ।

उहाँका अनुसार दोश्रोतहका भनिएका नेताहरु नकुर्ने निर्णय सहित नेता नेपाल धेरै नै अघि बढ्नु भएको छ अब एकताको च्याप्टर सकियो ।  नयाँदल क्रियाशिल भए पछि ६ मन्त्री सहित सरकारमा सहभागी हुने पनि उहाँले जानकारी दिनुभयो ।