१९ असार २०८३, शुक्रबार
,
Latest
नेप्से परिसूचक आठ अङ्कले घट्यो सरकारका १०० दिनः सार्वजनिक जग्गा संरक्षणदेखि सहकारी बचतकर्ताको रकम फिर्तासम्म सरकारले विद्युत व्यापारमा उचित कदम चाल्न आवश्यक छः काँग्रेस सांसद गुरुङ देउवा पक्षका शीर्ष नेताको बैठक सुरु, कांग्रेसभित्रको आन्तरिक समीकरणबारे छलफल हुने राष्ट्रियसभामा ६ विधेयक टेबुल सरकारले उत्पादनमूलक क्षेत्रमा बजेट केन्द्रित गर्नुपर्दछः एमाले सांसद रखाल कम्पनी रजिष्ट्रार कार्यालयमा मन्त्री यादवको आकस्मिक अनुगमन सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई, कर्मचारीले अब परिसरमै स्वास्थ्य सेवा पाउने शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्न जरुरीः सभापति थापा झापाकाे दुवागढीमा आगलागीः एक घर जलेर नष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेमा एकताको च्याप्टर सकियो, अध्यादेशको सहारामा दल बिभाजन हुने



अ+ अ-

काठमाडौ ।  केही दिन यता पर्ख र हेरको रणनीतिमा रहेको नेकपा एमालेको माधब नेपाल समूहले आगामी साता नयाँ पार्टी क्रियाशिल गराउन आन्तरिक तयारी गरेको छ ।  

एमालेमा बस्ने सम्भाबना सकिएको भन्दै नेपाल समूहले कानूनी रुपमा नै नयाँदल क्रियाशिल गराउने  निर्णयमा पुगेको सो समूहमा एक नेताले जानकारी दिनुभयो । ती नेताका अनुसार सम्भबत २८ गते वा त्यसपछिको  प्रतिनिधिसभाको बैठक अन्त्य गरी केही दिन भित्र  राजनीतिक दल सम्बन्धि अध्यादेश जारी  गर्ने तयारी भै रहेको छ ।

यस बारेमा बुधबार बिहान नेता नेपाल र गृहमन्त्री बालकृष्ण खाँडबीच नेता नेपालको निबासका छलफल समेत भएको थियो । नेपाल निकट ती नेताका अनुसार दल बिभाजन गर्नका लागि अबरोध बन्दै आएको प्राबधान संसदीय दल र केन्द्रीय समिति दुबैमा ४० प्रतिशत हुनु पर्ने प्राबधान लाई शंसोधन गरी र को स्थानमा वा राखी अध्यादेश जारी गर्ने सहमति सहित तयारी भै सकेको छ ।  संसदीयदलका ४० प्रतिशत नपुग्ने अबस्था रहेका कारण केन्द्रीय समितिमा ४० प्रतिसत पुर्याउने प्रयास भै रहेको भन्दै ती नेताले भन्नुभयो केन्द्रीय समितिमा बामदेब गौतमले ४० प्रतिसत पुर्योउने बचन दिनुभएको छ सायद पुग्छ होला ।

उहाँका अनुसार दोश्रोतहका भनिएका नेताहरु नकुर्ने निर्णय सहित नेता नेपाल धेरै नै अघि बढ्नु भएको छ अब एकताको च्याप्टर सकियो ।  नयाँदल क्रियाशिल भए पछि ६ मन्त्री सहित सरकारमा सहभागी हुने पनि उहाँले जानकारी दिनुभयो ।