५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकाएक किन भक्कानिए प्रचण्ड ?



अ+ अ-

गोरखा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा भक्कानिएका छन् । शुक्रबार गोरखामा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा प्रचण्ड एकाएक भक्कानिएका हुन् ।

सत्ता गठबन्धनको तर्फबाट गोरखा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका प्रचण्डले आफू गोरखामा किन उम्मेदवार बन्न आएँ भन्नेबारेमा बोल्दाबोल्दै भावुक बनेका हुन् । प्रचण्डले माओ त्से तुङ चिनियाँ कम्युनिस्ट आन्दोलनमा बिचलन आउँदै गर्दा एकपटक चिनकाङसाङ फर्केको घटना सुनाउँदै गर्दा रुन पुगेका हुन् ।

माओ त्से तुङले पुनः नयाँ आन्दोलनको ऊर्जा संगाल्न, नयाँ आन्दोलनको तागत बटुल्न चिनकाङसाङ पुगेको स्मरण गरे गर्दै उनले आफू अहिले अन्तिम युद्ध लड्न माओ त्से तुङले जस्तै गरि गोरखा आएको बताए ।