२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकाएक किन भक्कानिए प्रचण्ड ?



अ+ अ-

गोरखा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा भक्कानिएका छन् । शुक्रबार गोरखामा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा प्रचण्ड एकाएक भक्कानिएका हुन् ।

सत्ता गठबन्धनको तर्फबाट गोरखा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका प्रचण्डले आफू गोरखामा किन उम्मेदवार बन्न आएँ भन्नेबारेमा बोल्दाबोल्दै भावुक बनेका हुन् । प्रचण्डले माओ त्से तुङ चिनियाँ कम्युनिस्ट आन्दोलनमा बिचलन आउँदै गर्दा एकपटक चिनकाङसाङ फर्केको घटना सुनाउँदै गर्दा रुन पुगेका हुन् ।

माओ त्से तुङले पुनः नयाँ आन्दोलनको ऊर्जा संगाल्न, नयाँ आन्दोलनको तागत बटुल्न चिनकाङसाङ पुगेको स्मरण गरे गर्दै उनले आफू अहिले अन्तिम युद्ध लड्न माओ त्से तुङले जस्तै गरि गोरखा आएको बताए ।