२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar राष्ट्रपति पाैडेलले जारी गरे दुई वटा अध्यादेश News Polar दोधारा–चादँनी झोलुङ्गे पुल पुनःनिर्माण गर्न २० करोड लाग्ने अनुमान News Polar विद्यार्थी केन्द्रित शिक्षा ऐन निर्माणका लागि गण्डकीका सरोकारवालासँग मन्त्रालयको शिक्षा संवाद News Polar खाद्य तथा औषधि प्राधिकरण स्थापना र सञ्चालनबारे छलफल News Polar किष्ट सेन्टरमा क्यान्सरका बिरामीलाई तीन सातासम्म निःशुल्क सेवा News Polar परराष्ट्रमन्त्री खनालसँग राजदूत सुकलालको भेट News Polar टेलिकम जुम्लाद्वारा पाँच हजार ७८९ सिमकार्ड वितरण News Polar आरुघाट पुलमा बेलीब्रिज निर्माणका लागि सात ट्रक सामग्री News Polar पर्वतीय विपद् व्यवस्थापनका लागि नीतिगत पुनरावलोकन गर्नुपर्ने News Polar स्याफ्रुबेसी पुगेर प्रचण्डको अपिल : जलवायु न्यायका लागि नेपाललाई क्षतिपूर्ति देऊ News Polar नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य News Polar वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ News Polar हुलाकलाई जनताको महत्वपूर्ण अंगका रूपमा विकास गर्छौंः सञ्चारमन्त्री तिमिल्सिना News Polar कोरियाका लागि प्रश्तावित राजदुत डा. श्रेष्ठको कार्ययोजनाः ‘कुटनीतिलाई आर्थिक समृद्धि र नागरिक सुरक्षासँग जोड्छु’ News Polar ओमानका लागि प्रस्तावित राजदूत राणाको कार्ययोजनाः श्रम, आर्थिक र जलवायु कुटनीति प्राथमिकतामा News Polar जनशक्ति, बजेट र प्रविधिको अभावका बीच हुलाक सेवालाई सुधार गरिरहेका छौँः महानिर्देशक पंगेनी News Polar चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे News Polar प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी News Polar एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते

आफ्नै ट्वीटेको घेरामा फसेका देउवा

आफ्नै ट्वीटेको घेरामा फसेका देउवा
अ अ+ अ-

काठमाडौं । अघिल्लो हप्ता तुइनबाट महाकाली नदी तर्ने बेलामा एक नेपाली जयसिंह धामी नदीमा खसे । तुइन चुँडिएको हो या भारतीय प्रहरी बल एएसबीले काटिदिएको हो, त्यो अहिलेसम्म भगवान भरोसामै छ । नेपाल सरकारबाट अनुसन्धान टोली गठन भएको छ, एकाध दिनमै त्यसको सत्यतथ्य बाहिर आउला, अहिले नै त्यता प्रवेश नगरौँ । 

तर यहाँ प्रवेश गर्न खोजिएको विषय काँग्रेसभित्रको आन्तरिक किचलोको हो । जब ती व्यक्ति महाकाली नदीमा खसे तब सबैतिर हौवा फैलियो कि एसएसबीले तुइन काटिदियो र धामी नदीमा खसेर बेपत्ता भए । अनि यो समाचार त्यतिबेला भाइरल भयो जतिबेला प्रधानमन्त्रीकै दल नेपाली काँग्रेसका प्रवक्ताले नै यस विषयको जानकारी सरकारसँग मागे । 

यो पनि ठिकै हो, किनभने पार्टीका प्रवक्ताले आफ्नै सरकारसँग जानकारी नमाग्ने भन्ने पनि हुदैन । तर आपत्ति त यहाँनेर छ कि पार्टी प्रवक्ताले यो जानकारी आफ्ना पार्टी सभापति र प्रधानमन्त्रीसँग ट्वीटरबाट मागे । उनका लागि फोन सम्पर्कमा देउवा उपलब्ध भएनन् या सम्पर्कमा आउन स्वयं प्रवक्ता विश्वप्रकाश शर्मा नै चाहेनन् अथवा पार्टीभित्रै यस विषयमा कम्तीमा पनि पदाधिकारी बसेर साझा धारणा बनाउनुपर्ने हो कि भन्ने पनि उनले सोच्न सकेनन्, त्यो पनि उनी नै जानुन् । तर बाहिर देख्दा त लाग्यो प्रवक्ताले ट्वीट गरेको कुरा त सार्वजनिक मिडियाका लागि आधिकारिक समाचार नै बन्यो । त्यही अनुसार नै बजारमा सूचना पनि आयो । 

खासमा करिब २० दिन अघिको प्रमुख प्रतिपक्षी दलका प्रवक्ताले आफ्नो दल सरकारमा पुगेकै थाहा नपाएको जस्तो शैलीमा त्यो ट्वीट आएपछि धेरैलाई अचम्म लाग्नु पनि स्वाभाविकै हो । किनभने प्रवक्ता शर्मालाई यतिखेर आफ्नो दल सत्तामा छ भन्ने थाहा थियो नै  र नेपाल भारत सम्बन्धसँग जोडिएको यो विषयको संवेदनशीलता र यसको आयतन पनि उनीजत्तिका व्यक्तिले थाहा नपाउने कुरा थिएन ।

किनभने उनैले सार्वजनिक गरेका कारण यतिधेरै आक्रमण सरकारमाथि भयो र यो विषयले लाग्छ वर्तमान सरकारसँगको भारतको सम्बन्धसम्म नै असर पार्न सक्छ । देख्ने र सुन्नेले अहिले यही भनिरहेका छन् कि पार्टी सभापतिकै विरुद्धमा विश्वप्रकाश किन ट्वीटरबाट सरकारको धारणा मागे ? 

यतिमा मात्र सीमित छैन विश्वप्रकाशको ट्वीट । केही दिनअघि बजारमा मलाई देउवा मनपर्छ भन्ने भिडियो आयो । यो कसले बनायो ? कहाँबाट रिलिज भयो ? सायद स्वयं प्रधानमन्त्री देउवालाई नै थाहा रहेनछ । किनभने उनले अहिले त्यो कसले बनयो अनुसन्धान गर्नु नै भनेका छन् । देउवा यसअघि पनि ट्वीटर खोल्ने, फेसबुक चलाउने या सञ्चारमाध्यमहरुलाई बोलाएरै अन्तरर्वार्ता दिन रुचाउने मान्छे चाहिँ होइनन् । 

तर अकस्मात आएको यो भिडियोका बारेमा पनि विश्वप्रकाशले सार्वजनिक रुपमा ट्वीटरबाटै झम्टिए । उनले ट्वीट गरेका थिए कि– राम्रो काम गरे जनताले आफै भिडियो बनाउँछन्, यसरी आफैले बनाएर बाँड्नै पर्दैन । प्रवक्ताले यही कुरा पनि यो किन आयो, कसरी आयो भनेर एकपटक सोध्न पनि सकेनन् । अनि प्रवक्ता भनेको त प्रत्यक्ष रुपमा मिडियासँग पनि सम्बन्धित व्यक्ति हो । उसले अफ्ना सभापतिका बारेमा बजारमा आएका कुराको प्रभाव राम्रो देखेन भने त्यसको सही सुझाव र परामर्श त दिन सक्नुपथ्र्याे नि । 

सायद त्यो गर्न पनि उनले सही ठानेनन् । अनि सीधै ट्वीटरबाटै लेखिदिए । सायद यसले पार्टीलाई ड्याजे गरेको छ भन्ने कुरा थाहा भएपछि सभापतिलाई त्यो म्यासेज त दिन सक्नुपथ्र्याे नि । या उनले दिएको पनि देउवाले ग्रहण गरेनन् कि भन्ने विषय चाहिँ यहाँ थाहा हुन भने सकेन । 

पर्टीकै महामन्त्री पूर्णबहादुर खड्काले पनि आफ्नो पार्टीको या सभापतिको भन्दा पनि आम मानिसकै ध्यान तान्ने जुक्ति निकाले । त्यसैले उनले पनि ट्वीटबाटै यस्तो लेखिदिए र त्यो भिडियो बनाउने कामलाई गाएजात्रा भने । अनि उनले त्यो ट्वीटमा यतिमात्र लेखेका छैनन् कि यो गाइजात्रा बन्द गर्नु भनेर सचिवालयलाई आदेश दिएका छन् । 

यो पनि प्रवक्तासँगै मिल्दोजुल्दो तमासा नै हो । जसरी ट्वीटरबाट प्रवक्ताले दलको धारणा मागे ठिक त्यसैगरी यता महामन्त्रीले पनि आफू दिनदिने गइरहने प्रधानमन्त्रीको सचिवालयलाई ट्वीटरबाटै यो गाइजात्रा बन्द गरौँ भनेर आदेश दिए । कमी कमजोरीहरुको सार्वजनिकीकरणको योभन्दा अर्काे विधि के होला ? 

त्यतिमात्र होइन सरकारले गठन गरेको साझा न्युननतम कार्यक्रमको कार्यदलको संयोजक जस्तो व्यक्तिले प्रधानमन्त्रीले स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेको विषयलाई पनि ट्वीटबाटै प्रतिकार गरे । यसले पार्टीको छवि निकै धमिलाएको छ भनेर उनले सो कामको उछितो काडे । 

खड्काका यी प्रक्रिया र प्रवृत्तिहरु प्रायः सबैजसो नै थाहा छ आरजु देउवालाई । तर पनि उनी केही गर्न नसकेको देउवा निकटस्थहरु बताउँछन् । खड्काले अनावश्यक रुपमा आफू नजिकको घेरालाई भत्काएको, पार्टीका उपसभापति विमलेन्द्र निधिलाई पूरै भ्डकाएर विपक्षीजस्तै बनाएको पनि खड्काले नै हो भन्ने कुरामा धेरैको दुई मत छैन । 

आफू निकटकालाई भड्काएर अर्काे पक्षमा पठाउने काममा खड्का विगतदेखि नै लागेका र अहिले पार्टीभित्र केही हुँदा आफू नै अग्रसर भएर सुधार गर्नुको सट्टा यता खड्का र उता शर्माले बडो प्रतिश्पर्धात्मक रुपमा ट्वीट गरेर विवादमा ल्याउने काममा लागेको देखेकाहरुले पार्टीको सरकार बनेको महिना दिन पनि नबित्दै यो के हुन लागेको हो भनेर अचम्म मान्ने गरेका छन् ।