२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेत बगरमा परिणत



अ+ अ-

मुगु । लगातार छ दिनसम्म परेको अविरल वर्षाले मुगु जिल्लाको खत्याड गाउँपालिकामा मानवीय क्षति नभए पनि भौतिकरूपमा क्षति पुर्याएको छ ।

अन्न बाली भित्र्याउने बेला वर्षाले धान, मकै, सिमी, मासलगायतका बाली बोटमै ढल्नुका साथै कोदो, फाफर बोटमै कुहिएका छन् । खेतीयोग्य जमिन खोलाले बगाएर बगरमा परिणत हुनुका साथै बाँकी रहेका खेतमा खोलाको बालुवा, ढुङ्गा र माटो पसेर धान पुरिएका छन् ।

जलविद्युत्को पावरहाउस साथै पशु चौपाया बगाएको छ । खत्याड गाउँपालिकामा तीन हजार छ सय घरधुरीमध्ये दुई हजारभन्दा बढी घर जोखिममा परेको बताइएको छ । वर्षाले के कति क्षति पुर्याएको भन्ने यकिन तथ्याङ्क सङ्कलन गर्न कठिन भएको छ ।

खत्याड वडा नं ३ का वडा सदस्य डबल बानियाँले भन्नुभयो, “ क्षतिको विवरण सङ्कलन गर्न भनी सूचना प्रकाशन गरेको छौँ ।” यसै क्रममा गाउँपालिकाका अध्यक्ष, कृषि शाखा प्रमुख, सुरक्षाकर्मी र स्थानीय क्षतिको यकिन गर्न खटिएका जनाइएको छ ।