२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीको स्वेच्छाचारी निर्णयले मलाई टिकट दिइएन: भीम रावल(भिडीयोसहित)



अ+ अ-

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्वच्छाचारी निर्णयले आफूलाई टिकट नदिइएको आरोप लगाउनुभएको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ टिकट नपाएपछि पत्रकार सम्मलेन गर्दै उहाँले ओलीको स्वेच्छाचारी निर्णयले अछामका जनताको अपमान गरेको बताउनुभयो ।

“भदौ १९ गते अछाम निर्वाचन क्षेत्र नं १ बाट मेरो उम्मेदवारी सर्वसम्मत भएको थियो। भदौ २२ गते सुदूरपश्चिम प्रदेश कमिटीले पनि एकल सिफारिस गरेको थियो। तर, अध्यक्ष ओलीसहितले पार्टीको विधि र सिद्धान्त अवज्ञा गरेका छन्। मसँग कुनै परामर्श नगरी पार्टीभित्र कुनै योगदान नगरेको व्यक्तिलाई उम्मेदवार बनाएर अछामको जनतालाई अन्याय भएको छ”, उहाँले भन्नुभयो ।

अध्यक्ष ओलीको निर्णय स्वेच्छाचारी, अन्यायपूर्ण र गलत भएको उल्लेख गर्दै उहाँले यस्तो निर्णयले जनता र पार्टी संगठनको घोर अपमान भएको टिप्पणी गर्नुभयो । पार्टीका नेताहरुसँग आफूले निर्वाचनमा भाग लिने तयारी गरिरहेको उल्लेख गर्दै नेता रावलले भन्नुभयो, “मैले निर्वाचनमा लड्दिन भनेर सुनियोजितरुपमै प्रचार भएको छ”

अध्यक्ष ओलीसँग माफी मागेपछि टिकट पाइन्छ भन्नु हास्यास्पद भएको उहाँको भनाइ थियो । आफूलाई हराउन नसकिने बुझेपछि टिकट नै खोसिएको उहाँले आरोप लगाउनुभयो ।