२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङमा पाँच जनाको उम्मेदवारी फिर्ता, ३१ कायम



अ+ अ-

बागलुङ । पाँच जनाले उम्मेदवारी फिर्ता लिएपछि आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावका लागि बागलुङमा ३१ उम्मेदवार कायम भएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बागलुङ–१ बाट एक जना र २ बाट चार जनाले उम्मेदवारी फिर्ता लिएका हुन् । प्रतिनिधिसभा सदस्यका लागि बागलुङ–१ मा उम्मेदवारी दिनुभएका कृष्णशङ्कर श्रेष्ठले बुधबार उम्मेदवारी फिर्ता लिनुभएको हो ।

बागलुङ–२ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिनुभएका गणेशकुमार थापा, प्रदेशसभा सदस्यका लागि बागलुङ–२ (क) का उम्मेदवार भीमलाल पोखरेल, (ख)का दीपक थापा र करमती पुनले उम्मेदवारी फिर्ता लिनुभएको हो ।

स्वतन्त्र उम्मेदवार श्रेष्ठको उम्मेदवारी फिर्तासँगै बागलुङ–१ मा प्रतिनिधिसभा सदस्यमा गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा (एमाले)बाट सूर्यप्रसाद पाठक, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मीप्रसाद सापकोटा, नेपाली कांग्रेस (बिपी)बाट शिवलाल सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट खिमानन्द कँडेल र स्वतन्त्रबाट चन्द्रबहादुर क्षेत्रीको उम्मेदवारी कायम रहेको छ ।

बागलुङ–१ (क)मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका दीपेन्द्रबहादुर थापा, नेकपा (एमाले)का हीराबहादुर खत्री, राष्ट्रिय प्रजातन्त्र पार्टीका डिल्लीप्रसाद आचार्य, सामाजिक एकता पार्टीका भक्तबहादुर विक र स्वतन्त्ररूपमा दीपेन्द्र हमालको उम्मेदवारी कायम छ ।

बागलुङ–१ (ख)मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका डिल्लीराम सुवेदी, एमालेबाट नवराज पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोविन्द सापकोटा र मङ्गोल नेशनल अर्गनाइजेशनका सहवीर थापाको उम्मेदवारी कायम छ ।

बागलुङ–२ बाट प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेल, एमालेबाट मञ्जु शर्मा चालिसे, राष्ट्रिय स्वतन्त्र पार्टीबाट तिला खत्री, नेकपा जनमुक्ति पार्टीका चित्रप्रसाद गुरुङ, सामाजिक एकता पार्टीका टेकप्रसाद कामी, स्वतन्त्रबाट तुलसीराम अर्याल र डिलबहादुर कार्कीको उम्मेदवारी कायम छ ।

बागलुङ–२ (क)मा सत्ता गठबन्धनका जीत शेरचन र स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीको उम्मेदवारी कायम छ । बागलुङ–२ (ख) मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका दोर्ण कुँवर, एमालेका लक्ष्मण पुन, जनता समाजवादी पार्टीका गङ्गाबहादुर घर्ती, नेशनल अर्गनाइजेशन पार्टीका ताराबहादुर घर्ती, सामाजिक एकता पार्टीका टेकप्रसाद विक, स्वतन्त्रबाट नरबहादुर गुरुङ र दुर्गादेवी घर्तीको उम्मेदवारी कायम छ । मुख्य निर्वाचन अधिकृत डा दिवाकर भट्टले उम्मेदवारको अन्तिम नामावली प्रकाशनसँगै बुधबार नै उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिएको जानकारी दिनुभयो ।