२० मंसिर २०८२, शनिबार
,
Latest
नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

घनश्याम भुसाललाई समर्थन गर्ने भन्दै लुम्बिनी एमालेका ३१ जनाको सामूहिक राजीनामा



अ+ अ-

लुम्बिनी । लुम्बिनीमा नेकपा (एमाले) बाट दुई लुम्बिनी प्रदेश कमिटी सदस्यसहित ३१ जना कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन् । उनीहरुले रुपन्देही–१ बाट प्रतिनिधिसभामा प्रत्यक्षततर्फ स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसाललाई समर्थन गर्ने भन्दै राजीनामा दिएका हुन् ।

उनीहरु सोही क्षेत्रका मतदातासमेत रहेका छन् । बुधबार उनीहरुले भैरहवामा पत्रकार सम्मेलन गरी पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

राजीनामा दिनेमा रुपन्देही १ अन्तर्गत रोहिणी गाउँपालिकाका निवर्तमान गाउँपालिका अध्यक्ष तथा एमाले प्रदेश कमिटी सदस्य सनोजकुमार यादव, एमाले प्रदेश कमिटी सदस्य शैलेन्द्र उपाध्याय, रोहिणी गाउँपालिका कमिटी सचिव इन्द्रजीत कुमार रायलगायत रहेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा तानाशाही प्रवृत्ति देखाएको उनीहरुले आरोप लगाएका छन् । उनीहरुले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “पार्टी राम्रो हुँदाुहँदै पनि पार्टीमा नीति नभई व्यक्ति हावी भएको, पार्टी अध्यक्षको निरंकुशता, इमान्दार नेतालाई पाखा लगाइएको, चरम गुटबन्दी, स्थानीय निर्वाचनमा पार्टी नेतृत्वको असहयोग जस्ता विभिन्न कारणले गर्दा हामी एमालेमा रहन सकेनौँ ।”

रुपन्देही–१ बाट एमाले, जसपा र राप्रपाको गठबन्धनबाट प्रतिनिधिसभाका लागि एमालेका छविलाल विश्वकर्माले उम्मेदवारी दिएका छन् ।

भूसालले रुपन्देही १ बाट प्रतिनिधिसभा उम्मेदवार बन्ने इच्छा देखाएको र प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटी र जिल्ला कमिटीले भूसालको नाम सिफारिस गरेको थियो । तर उनलाई उम्मेदवारी दिन बन्चित गरिएपछि उनले पार्टी परित्यागको घोषणा गरेका थिए ।

भुसालले स्वतन्त्र उम्मेदवारी दिएका छन् र उनलाई सत्ता गठबन्धनको समर्थन रहेको छ ।