२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवन ३ मा कांग्रेसका बागीलाई एमालेको समर्थन, लियो आफ्नो उम्मेदवारी फिर्ता



अ+ अ-

चितवन । नेकपा (एमाले) ले चितवन निर्वाचन क्षेत्र नं ३ मा आफ्नो उम्मेदवारी फिर्ता लिएर नेपाली कांग्रेसका बागी उम्मेदवारलाई समर्थन गरेको छ ।

एमालेले सो क्षेत्रमा उम्मेदवार बनाएका रामप्रसाद न्यौपानेको उम्मेदवारी फिर्ता लिन लगाएर सत्ता गठबन्धनबाट बागी उम्मेदवार बनेका कांग्रेसका दिनेश कोइरालालाई समर्थन गरेको हो ।

चितवनको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा एमाले अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरसहितको पत्र पठाएर न्यौपानेको उम्मेदवारी फिर्ता लिइएको हो । उम्मेदवारी फिर्ताको पत्र आइसकेको भए पनि कार्यालयले निर्णय गरिनसकेको बताइएको छ ।

कोइराला मंगलबार बेलुकी एमाले अध्यक्ष ओलीसँग कुराकानी गर्न ओली निवास बालकोट पुग्नुभएको थियो । न्यौपाने एमाले चितवन जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । उहाँ पनि टिकट फिर्ता नलिने भन्दै अध्यक्ष ओलीलाई भेट्न बालकोट पुग्नुभएको थियो । हाल उहाँ सम्पर्कमा नरहेको बताइएको छ ।

चितवन–३ बाट सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) ले डा भोजराज अधिकारीलाई उम्मेदवार बनाएको छ ।