२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रभु साहले गठबन्धनसँग षड्यन्त्रपूर्ण साँठगाँठ गरेको शंकर पोखरेलको आरोप



file
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रभु साहले सत्ता गठबन्धनसँग षड्यन्त्रपूर्ण साँठगाँठ गरेको आरोप लगाउनुभएको छ ।

बुधबार महासचिव पोखरेलले सामाजिक सञ्जालमा लेख्दै एमालेको टिकट छाडेर साहले गरेको स्वतन्त्र उम्मेदवारी दिन अराजनीतिक षडुयन्त्रको नमूना हो भन्नुभएको छ ।

उहाँले भन्नुभएको छ, “प्रभु साह जसपासँगको तालमेलको सम्झौता बैठकमा सहभागी हुनु भो । उक्त सहमतिपश्चात मधेस प्रदेशमा उम्मेदवार टुंगो लगाउने छलफलमा बस्नुभो । निर्णय भएअनुसार रौतहटको टिकट पनि लिएर जानु भो ।”

महासचिव पोखरेलका अनुसार पार्टीलाई धोका दिएर अन्तिम समयमा साहले स्वतन्त्र उम्मेदवारी दिँदै अन्य क्षेत्रका उम्मेदवारको टिकटसमेत नदिएर समय गुजार्ने षड्यन्त्र गरेका थिए ।

“राजनीतिमा यस प्रकारको षड्यन्त्रलाई असहमतिको जामा लगाउनुको कुनै अर्थ छैन । यस प्रकारको छलछाम गठबन्धनका नेतासँगको षड्यन्त्रपूर्ण साठगाँठ नै हो”, उहाँले भन्नुभएको छ, “रौतहटका जनताले यस षड्यन्त्रलाई राम्ररी नै बुझेका छन् । मधेस प्रदेशमा नेकपा ९एमाले० र जसपा बीचमा भएको सहकार्य र तालमेललाई पूर्णरुपमा सफल बनाऔँ ।”

साहले एमालेले जसपासँग गठबन्धन गरेर गलत गरेको बताएका थिए । गलत निर्णयविरूद्ध आफ्नो समूहले जसपाले उम्मेदवारी दिएका ठाउँहरूमा स्वतन्त्र उम्मेदवारी दिएको समेत बताए।

साहले जसपासँगको तालमेलपछि आफूसहित मधेसमा ८ वटै जिल्लामा स्वतन्त्र उम्मेदवार उठाएका छन् ।




भर्खरै