• ३२ जेष्ठ २०८१, शुक्रबार
  •      Fri Jun 14 2024
  •   Unicode
Logo
Latest
★   साउथ अफ्रिकासँग भिड्न पसिना बगाउँदै क्रिकेट टोली – फोटोफिचर ★   खडेरीले बारीमै कोदो सुकेपछि किसान चिन्तित ★   सरकारले ढिला नगरी पर्यटनसम्बन्धि ऐन संशोधन गर्नुपर्छ: एमाले सचेतक बराल ★   साढे दुई कट्ठामा १४ क्विन्टल धान उत्पादन ★   बझाङ्गको चैनपुरमा प्रभु बैंकको ३०४ औ शाखा सञ्चालनमा ★   ‘सार्वजनिक बिदाका दिन पनि सरकारी कार्यालय खुल्छन्’ ★   ललितपुर महानगरका मेयर महर्जनको प्रशंसा नगरी बस्न सक्दिन: राप्रपा सांसद कार्की ★   राष्ट्रिय ललितकला प्रदर्शनी: तीस हजार बढीले अवलोकन गरे ★   युरो कप आजदेखि सुरु, जर्मनी र स्कटल्यान्ड भिड्दै ★   फिस्लिङ दुर्घटना अपडेट: उपचारका क्रममा चालकको मृत्यु

नवलपुरमा सवारी दुर्घटनामा परी एकको मृत्यु



(सांकेतिक तस्बिर)

त्रिवेणी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । दुर्घटनामा परी एक घाइते भएका छन् ।

गए राति विनयीत्रिवेणी गाउँपालिका–२ ज्यामिरेमा भारतबाट ग्यास बोकेर काठमाडौँैका लागि छुटेको एनएलओएल–२४६० नंको ग्यास बुलेट आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी सन्तोष पाठकका अनुसरा उक्त दुर्घटनामा परी सहचालक भारत उत्तर प्रदेश निवासी १८ वर्षीय जयनारायण पालको मृत्यु भएको हो ।

अनियन्त्रित भएर पल्टिएको ग्यास बुलेटमा च्यापिएर उनको मृत्यु भएको हो । यस्तै चालक सोही ठाउँ निवासी ४२ वर्षीय अजयकुमार सिंह घाइते भएका छन् । उनको दुम्किबासमा उपचार भइरहेको छ ।