२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचकमा पहिरो जाने क्रम रोेकिएन



अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १६।०६ अङ्कले ओरालो लागेर एक हजार आठ सय ५५ दशमलब १६ मा सीमित भएको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूच्क तीन दशमलब २१ अङ्कले ओरालो लागेर तीन सय ६३ दशमलब ६३ मा सीमित भएको छ ।

कूल दुई सय २९ कम्पनीको १७ लाख ६७ हजार ६ सय ९२ कित्ता शेयर रु ५५ करोड २७ लाख १२ हजार आठ सय ८५ मा कारोबार भएको छ । यसबाट के बुझ्न सकिन्छ भने कारोबार रकम र नेप्से दुवैमा गिरावट आएको छ । कारोबार भएका १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्यमा झिनो सुधार देखिएको छ भने १० उपसमूहको शेयर मूल्यमा गिरावट भएको छ । व्यापार, होटल तथा पर्यटन र सामूहिक लगानी कोषमा झिनो सुधार हुँदा अरु उपसमूहको शेयर मूल्यमा गिरावट देखिएको हो ।

आजको कारोबारपछि बजार पूँजीकरण रु २६ खर्ब ६६ अर्ब ४३ करोड ५१ लाख २९ हजार एक सय ५९ बराबर कायम भएको छ । कारोबारका आधारमा नविल बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु तीन करोड १० लाख नौ हजार चार सय ४९ बराबरको कारोबार भयो । यस्तै, नेपाल लाइफ इन्स्योरेन्स रु दुई करोड ४३ लाख ६७ हजार सात सय ८९, हिमालयन पावर पार्टनर रु दुई करोड १८ लाख ९९ हजार पाँच सय १३ , रिडी पावर कम्पनी रु दुई करोड सात लाख तीन हजार आठ सय ७२ र नेपाल दूरसञ्चार कम्पनी रु एक करोड ९२ लाख ७४ हजार सात सय ३५ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार समिट लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लाग्यो । अभियान लघुवित्त नौ दशमलब ९८, रुरु जलविद्युत् परियोजना सात दशमलब ८४ र श्वेत गङ्गा हाइड्रोपावरका लगानीकर्ताले चार दशमलब शून्य चार प्रतिशतले कमाएका छन् । यस्तै, विन्दवासिनी हाइड्रोपावर सात दशमलब १८, सिङगटी हाइड्रोपावर चार दशमलब २६, नेरुडे लघुवित्त तीन दशमलब ८३, सर्पोट माइक्रोफाइनान्स तीन दशमलब ७८ र एभरेष्ट बैंकका लगानीकर्ताले तीन दशमलब ७८ प्रतिशतले गुमाएका छन् ।