२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचकमा पहिरो जाने क्रम रोेकिएन



अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १६।०६ अङ्कले ओरालो लागेर एक हजार आठ सय ५५ दशमलब १६ मा सीमित भएको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूच्क तीन दशमलब २१ अङ्कले ओरालो लागेर तीन सय ६३ दशमलब ६३ मा सीमित भएको छ ।

कूल दुई सय २९ कम्पनीको १७ लाख ६७ हजार ६ सय ९२ कित्ता शेयर रु ५५ करोड २७ लाख १२ हजार आठ सय ८५ मा कारोबार भएको छ । यसबाट के बुझ्न सकिन्छ भने कारोबार रकम र नेप्से दुवैमा गिरावट आएको छ । कारोबार भएका १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्यमा झिनो सुधार देखिएको छ भने १० उपसमूहको शेयर मूल्यमा गिरावट भएको छ । व्यापार, होटल तथा पर्यटन र सामूहिक लगानी कोषमा झिनो सुधार हुँदा अरु उपसमूहको शेयर मूल्यमा गिरावट देखिएको हो ।

आजको कारोबारपछि बजार पूँजीकरण रु २६ खर्ब ६६ अर्ब ४३ करोड ५१ लाख २९ हजार एक सय ५९ बराबर कायम भएको छ । कारोबारका आधारमा नविल बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु तीन करोड १० लाख नौ हजार चार सय ४९ बराबरको कारोबार भयो । यस्तै, नेपाल लाइफ इन्स्योरेन्स रु दुई करोड ४३ लाख ६७ हजार सात सय ८९, हिमालयन पावर पार्टनर रु दुई करोड १८ लाख ९९ हजार पाँच सय १३ , रिडी पावर कम्पनी रु दुई करोड सात लाख तीन हजार आठ सय ७२ र नेपाल दूरसञ्चार कम्पनी रु एक करोड ९२ लाख ७४ हजार सात सय ३५ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार समिट लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लाग्यो । अभियान लघुवित्त नौ दशमलब ९८, रुरु जलविद्युत् परियोजना सात दशमलब ८४ र श्वेत गङ्गा हाइड्रोपावरका लगानीकर्ताले चार दशमलब शून्य चार प्रतिशतले कमाएका छन् । यस्तै, विन्दवासिनी हाइड्रोपावर सात दशमलब १८, सिङगटी हाइड्रोपावर चार दशमलब २६, नेरुडे लघुवित्त तीन दशमलब ८३, सर्पोट माइक्रोफाइनान्स तीन दशमलब ७८ र एभरेष्ट बैंकका लगानीकर्ताले तीन दशमलब ७८ प्रतिशतले गुमाएका छन् ।