२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजापुरका ८ सय घर डुबानमाः सरकारले उद्धार नगरेको भन्दै स्थानीय आक्रोशित (फोटो/भिडीयोसहित)



अ+ अ-

बर्दिया । अविरल वर्षाका कारण बर्दियाको राजापुर नगरपालिकाका करिव ८ सय घर डुबानमा परेका छन् ।

सोमवार साँझदेखि पसेको कर्णालीको बाढीका कारण कर्णाली आसपासका केही गाउँहरु डुबानमा परेका हुन् । स्थानीयका अनुसार डुबानमा परेर धेरैजसो धनको क्षति दौलतपुर गाविसमा भएको छ । अहिले स्थानीय सरकार र जिल्ला प्रहरी कार्यालयको सहयोगमा उद्धारको काम भइरहेको स्थानीयहरुले बताए ।

कर्णालीको पानीको सतह नघटेकाले अझै डुबानको खतरा कायमै रहेको स्थानीयहरुको भनाइ छ । स्थानीय टीकाराम जोशीले बाढीका कारण घर डुबानमा पर्दा परिवार कहाँ छन् भन्नेकुरा पनि थाहा पाउन नसकेको गुनासो गर्नुभयो । उहाँले कर्णालीको पानीको बहाव कम हुने छाँटकाँट नदेखिएकाले कसरी बाच्ने भन्ने समस्या भएको बताउनु भयो ।

त्यस्तै बर्दिया जिल्लाकै राजापुर नगरपालिका वडा नम्बर १, दौलतपुरका स्थानीय लोकराज ढुंगानाले बाढी सोमवार बेलुकादेखि गाउँ पसेको र बाढीका कारण लगभग ८ सय घरहरु डुबानमा परेको बताउनु भयो । उहाँले नदीमा पानीको बहाव बढीरहेकाले झनै समस्या थपिएको गुनासो गर्नुभयो । अन्य स्थानीहरु भने अहिलेको सरकारले बस्ती नै डुबानमा पर्दासमेत उद्धार र राहत नदिएको भन्दै आक्रोशित छन् ।

गत सालको बाढीका कारण पनि गाउँ डुबानमा परेको तर सरकारले कुनै राहत नदिएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई यस वर्षको निर्वाचनमा पश्चिमका जनताले परास्त गर्ने स्थानीयहरु बताउँछन् । उनीहरु गाउँ डुबानमा पर्दासमेत उद्धार कार्य नगरेको, गत सालको राहत अहिलेसम्म नपाएको भन्दै कर्णाली नजिकका बाढीग्रस्त क्षेत्रका जनतालाई सरकारले उचित र दीर्घकालीन व्यवस्थापन गर्न आवश्यक भएको बताउँछन् ।

अविरल वर्षाका कारण पश्चिम तराईका जिल्लाहरुमा बाढी र डुबानका कारण जनजीवन प्रभावित बनेको छ । गत ५ दिन यता भइरहेको भीषण वर्षाले देशभरका पहाडी जिल्लाहरुमा पनि पहिरोको जोखिम बढाएको छ । खहरे खोलामा आएको बाढी र विभिन्न स्थानमा गइरहेको पहिरोका कारण सवारी आवतजावतमा पनि समस्या भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा प्रदेश १, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र उक्त क्षेत्रहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहाव को जोखिम हुनुका साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेकाले शतर्कता अपनाउन आग्रह गरेको छ ।

नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्नुका साथै बाढी आउन सक्ने र कृषि, पर्यटन, पर्वतारोहण लगायत दैनिक जनजीवन समेत प्रभावित हुनसक्ने भएकोले आवश्यक शतर्कता अपनाउन आग्रह गरेको छ ।