२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

मङ्सिर र पुसमा छैनन् नेपाली फिल्म



फाईल फोटो
अ+ अ-

काठमाडौँ । आउँदो मङ्सिर ४ हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको चर्चा देशभर छ । निर्वाचनको रौनक बढेसँगै अन्य गतिविधि छायाँमा पर्ने भएकाले फिल्मकर्मीले मङ्सिर तथा पुसमा फिल्म रिलिज नगर्ने भएका छन् ।

निर्वाचन सम्पन्न भएलगत्तै विश्वकप फुटबल हुने हुँदा दर्शक हलमा नआउने सम्भावना रहने वितरक करण श्रेष्ठ बताउनुहुन्छ । “जाडोको समय, चुनावी रौनक, फुटबलसँगै डिसेम्बर महिनामा ठूला विदेशी फिल्म भएकाले प्रदर्शन तय नगरिएको हुनसक्छ”, वितरक श्रेष्ठले बताउनुभयो ।

नेपालमा निर्वाचनभन्दा पनि विश्वकपले बढी असर गर्ने कलाकार रवीन्द्र सिंह बानियाँ बताउनुहुन्छ । निर्मातासमेत रहनुभएका बानियाँले आफूले निर्माण गरेको फिल्म ‘महापुरुष’ कात्तिकमै प्रदर्शन तोकिएको बताउनुभयो ।

“यस अगाडि पनि पुसमा खासै फिल्म रिलिज हुन्थेनन् । मङ्सिरमा भने निर्वाचन र विश्वकपले नै असर गरेर रिलिज नभएका हुनसक्छ ।” कलाकार बानियाँले भन्नुभयो, “पछिल्ला केही घटनाले विदेशी ठूला फिल्मसँग प्रतिस्पर्धा गर्न नेपाली निर्माता तयार देखिँदैनन् । हामी प्राथमिकतामै परिरहेका छैनौँ ।”

नेपाल चलचित्र सङ्घका महासचिव नरेन्द्र महर्जन कोरोना महामारीका कारण रोकिएका फिल्म एकसाथ प्रदर्शनमा आउँदा भिडभाड देखिएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “दसैँ तिहारमा नेपाली फिल्मको भिडभाड छ । त्यसपछि मङ्सिर र पुस खाली झैँ छ । माघे सङ्क्रान्तिसँगै नेपाली फिल्मले प्रदर्शन तय गरेका छन् । वितरकसँगकको सल्लाहपश्चात यो गरिएको हुनसक्छ ।”

केही समययता मल्टिप्लेक्सले नेपाली फिल्मलाई प्रदर्शन गर्न नदिएको र समयमै प्रदर्शन अनुमति नखोलेको आरोप फिल्मकर्मीले लगाउने गरेका छन् । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी प्रदर्शनमा आउने नपाउनेसँग आफूहरूको कुनै सरोकार नहुने बताउनुहुन्छ । “देखिरहेको समस्या सुन्ने निकाए हामी नै हो । यद्धपि हामीले नीतिगत रुपमै यसको समधान गर्नुपर्छ । बोर्डसँग रहेको अधिकार बाहेक भावनात्मक भएर हामीले केही गर्न सक्दैनौँ र हुँदैन”, अध्यक्ष केसीले भन्नुभयो ।




भर्खरै