१९ असार २०८३, शुक्रबार
,
Latest
अडियो समस्या देखिएपछि राष्ट्रिय सभाको बैठक स्थगित आज बस्दै संवैधानिक परिषद्को बैठक, रिक्त संवैधानिक पदमा नियुक्ति सिफारिसको तयारी नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल थमन बिक हत्या प्रकरणमा दोषी ठहरिएका पूर्वसांसद लक्ष्मी महतो कारागार चलान वीरगञ्जमा बाल उद्यान तथा शिशु स्याहार केन्द्र सञ्चालन, महिलाको रोजगारी सहभागिता बढ्ने अपेक्षा पाल्पाबाट दालचिनी भारत निर्यात डेरी क्षेत्रका लागि पाँचवर्षीय रणनीति बनाउने नेपाल डेरी एसोसिएसनको निर्णय ‘लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’ स्थापना हुने स्वास्थ्य बीमा बोर्डद्वारा २३ अर्ब ४४ करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी, मंसिरसम्मको बक्यौता फरफारक सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीका सांसद मातृकाको शब्द असंसदीय , हटाउन सभामुख सापकोटाको रुलिङ



अ+ अ-

काठमाडौं । सभामुख अग्नी सापकोटाले माओवादी केन्द्रका सांसद मातृका प्रसाद यादवले पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओली माथी व्यक्त गर्नुभएको असंसदीय शब्द रेकर्डबाट हटाउन निर्देशन दिनु भएको छ । 

बैठक सुरु हुने बित्तिकै नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले एक सांसदले अर्को सांसद माथी प्रयोग गरेको शब्द अमर्यादित र असंसदीय भएपनि संसदको रेकर्ड बाट नहटाएको भन्दै आपत्ति जनाउनु भएको थियो ।  

नेता भट्टराईले सत्ता पक्ष नै प्रतिपक्ष जस्तो भएको भन्दै केपी ओली प्रति निरन्तर अपशब्द प्रयोग हुनु आपत्तिजनक रहेको बताउनु भयो । 

भट्टराईको भनाई पछि सभामुख सापकोटाले मातृका यादवले प्रयोग गर्नुभएको मेन्टली डिसअर्डर शब्द हटाउन निर्देशन दिनु भएको थियो ।