काठमाडौं । सभामुख अग्नी सापकोटाले माओवादी केन्द्रका सांसद मातृका प्रसाद यादवले पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओली माथी व्यक्त गर्नुभएको असंसदीय शब्द रेकर्डबाट हटाउन निर्देशन दिनु भएको छ ।
बैठक सुरु हुने बित्तिकै नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले एक सांसदले अर्को सांसद माथी प्रयोग गरेको शब्द अमर्यादित र असंसदीय भएपनि संसदको रेकर्ड बाट नहटाएको भन्दै आपत्ति जनाउनु भएको थियो ।
नेता भट्टराईले सत्ता पक्ष नै प्रतिपक्ष जस्तो भएको भन्दै केपी ओली प्रति निरन्तर अपशब्द प्रयोग हुनु आपत्तिजनक रहेको बताउनु भयो ।
भट्टराईको भनाई पछि सभामुख सापकोटाले मातृका यादवले प्रयोग गर्नुभएको मेन्टली डिसअर्डर शब्द हटाउन निर्देशन दिनु भएको थियो ।