२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालिकोट पहिरोः बेपत्ता भएका १३ जनाको पहिचान खुल्यो



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौँ । कालिकोटको तीलागुफा नगरपालिका–४ मा पहिरोमा परि बेपत्ता भएका १३ जनाको पहिचान खुलेको छ ।

तिलागुफा नगरपालिका–४ राँचुली गाउँबाट स्थानीय हेमराज शाहीको शव घाटमा लिएर मलामी गएका वडाअध्यक्षसहित १३ जना पहिरोमा बेपत्ता भएका हुन् ।

पहिरोमा परि बेपत्ता हुनेमा तिलागुफा नगरपालिका–४ का ४७ वर्षका कालीबहादुर शाही, ६३ वर्षका धनबहादुर शाही, ३६ वर्षका छत्रजंग शाही, २८ वर्षका खगेन्द्र शाही, २३ वर्षका भेषबहादुर शाही, ५५ वर्षका धना शाही, ७६ वर्षका अलि शाही, २३ वर्षका खेमराज शाही, ५७ वर्षका मानबहादुर शाही, ४१ वर्षका मोतिलाल शाही, ५६ वर्षका वडाअध्यक्ष परबहादुर शाही, २४ वर्षका नरेश शाही र २२ वर्षका प्रशान्त शाही रहेका छन् । यस घटनाले तिलागुफा नगरपालिका शोकमग्न भएको छ ।