६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिणपूर्वी नाइजेरियामा चार प्रहरीको मृत्यु



अ+ अ-

लागोस । दक्षिणपूर्वी नाइजेरियामा संदिग्ध पृथकतावादीहरूले गरेको दुई छुट्टाछुट्टै आक्रमणमा चार प्रहरीको मृत्यु भएको प्रहरीले मङ्गलबार जनाएको छ।

आइतवारको पहिलो घटनामा, बन्दुकधारीहरूले इमो राज्यको इसु प्रहरी चौकीमा बम विस्फोट गराए जसमा दुई प्रहरी अधिकारीको मृत्यु भएको र एक जना सामान्य घाइते भएको राज्यका प्रहरी प्रवक्ता माइकल अबाटमले बताएका छन् ।

बियाफ्रा पूर्वी सुरक्षा नेटवर्कको निषेधित आदिवासी जनजातिको सदस्य भएको आशङ्कामा सशस्त्र व्यक्तिहरूले स्टेशनमा पछाडिबाट आक्रमण गरेका थिए। सो घटनामा संलग्न १७ जनालाई पक्राउ गरिएको  छ ।

त्यसैगरी एनुगु राज्यका भूमि आयुक्त, चिदी आरोहका दुई प्रहरी एम्बुसमा मारिएको अनाम्ब्रा राज्यका प्रहरी प्रवक्ता तोचुकु इकेंगाले एएफपीलाई जनाएका छन् ।  (रासस/एएफपी)