२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वनाथ पौडेलले दिए योजना आयोगको उपाध्यक्षबाट राजीनामा



अ+ अ-

काठमाडौं । समकालीन नेपालका सुपरिचित अर्थशास्त्री डा विश्वनाथ पौडेलले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष पदबाट राजीनामा दिनु भएको छ । पौडेलले असोज २० गतेदेखि लागू हुने गरी पदबाट राजीनामा दिनु भएको हो ।

चितवन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसको उम्मेदवार हुने भएपछि पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा राजीनामापत्र बुझाउनु भएको हो । निर्वाचन आचार संहिता एवं कानुनमा कुनै लाभको पदमा रहेका व्यक्तिले प्रतिनिधिसभा र प्रदेश सभामा उम्मेदवारी दिन नपाउने व्यवस्था भएकाले उहाँले राजीनामा दिनु भएको हो ।

शेर बहादुर देउवाको नेतृत्वमा सरकार गठन भएलगत्तै उहाँ २०७८ साउन १२ गते योजना आयोगको उपाध्यक्षमा नियुक्त हुनु भएको थियो । उहाँले करिब १४ महिना उपाध्यक्षका रुपमा योजना आयोगमा रहेर काम गर्नु भयो ।