२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षाका कारण उम्मेदवारी दर्ता प्रभावित



अ+ अ-

खजुरा । बिहानदेखि परेको अविरल वर्षाका कारण नेपालगन्ज आसपास क्षेत्र जलमग्न भएको छ ।

सहरका विभिन्न स्थान जलमग्न भएका कारण प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवारी दर्ता कार्यक्रमसमेत प्रभावित भएको छ । वर्षाका कारण उम्मेदवारी दर्ताका लागि राजनीतिक दलका उम्मेदवार अलि ढिलो गरी मुख्य निर्वाचन कार्यालय पुगेका छन् ।

भारी वर्षाले नेपालगन्ज नगरका अधिकांश स्थान जलमग्न भएका छन् । नेपालगन्जको न्यूरोड, एमपी स्कुलरोड, फुल्टेक्रा, सेतु विक चोक, धम्बोझी बेलासपुर, कोरियनपुर, कारकादो, रानीतलाउलगायत स्थान तथा सडक जलमग्न भएपछि सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ ।

वर्षाले नरैनापुर, खजुरा, कोहलपुर, जानकी, बैजनाथ गाउँपालिकाका अधिकांश स्थान जलमग्न भएको प्रहरीले जनाएको छ । बाढी र डुबान सुरु भएपछि आसपास क्षेत्रका सर्वसाधारण त्रसित बनेका छन् ।