२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुम्लाको मनोनयन काठमाडौंमै दर्ता



अ+ अ-

काठमाडौं। प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि हुम्ला जिल्लाका उम्मेदवारहरुले काठमाडौंबाट नै मनोनयन दर्ता गराउनुभएको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि आईतवार मनोनयन दर्ता गर्ने समय दिइएको छ । विगत हप्ता दिनदेखि परेको वर्षाका कारण दुर्गम हिमाली जिल्लाहरुमा हिमपात भइरहेकोले प्लेन जान नसक्दा हुम्ला जिल्लाका उम्मेदवारहरुले भने निर्वाचन आयोगमा उपस्थित भएर मनोनयन पत्र दर्ता गराउनुभएको हो ।

नेकपा (एमाले) को तर्फबाट हुम्ला जिल्लामा प्रतिनिधि सभाका उम्मेदवार दल रावलले मौसम खराबीका कारण जिल्लामा जान नसकेका कारण पार्टीको औपचारिक पत्र र प्रतिनिधि करार गरेको पत्र निर्वाचन आयोगमार्फत सम्बन्धित निर्वाचन कार्यालयमा पठाएको बताउनु भयो । उहाँले आफ्नो पार्टीको प्रतिनिधि सभा र प्रदेश सभामा पनि निर्वाचन आयोगमार्फत नै मनोनयन दर्ता गराएको बताउनु भयो ।

सत्तारुढ गठबन्धनका उम्मेदवारले पनि काठमाडौंबाट नै मनोनयन दर्ता गराउनुभएको उहाँको भनाई छ । नेता रावलले आफू सांसद निर्वाचित भएमा हुम्ला जिल्लाको सडक समस्या समाधान गर्न पहल गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘मौसम खराबीका कारण हेलिकप्टर, प्लेन जान सकेन । पार्टीको औपचारिक पत्र र प्रतिनिधि करार गरेको पत्र हामीले निर्वाचन कार्यालयमा पठाएका छौँ । गठबन्धनका साथीहरुले पनि यही ग¥यौँ । दुवै प्रदेशको पनि ग¥यौँ । यो दुखद् बाध्यताको अन्त्य गर्न मेरो पहिलो एजेण्डा अब के हुन्छ भने सुर्खेतदेखि हिल्सा टु लेनको फास्टट्रयाक सडक ४०३ किलोमिटर छ । त्यो पु¥याउनको निम्ति नेपाल सरकारलाई म यदी संघको सांसद भएर हुम्ली जनताले सेवा गर्ने अवसर दिएभने म यो पूरा गर्छु ।’

त्यस्तै हुम्ला जिल्ला प्रदेश सभा ख मा एमालेको तर्फबाट उम्मेदवार छक्कबहादुर लामाले पनि जिल्लामा हिमपातका कारण जान सम्भव नभएपछि काठमाडौंबाटै मनोनयन दर्ता गर्नुपरेको बताउनु भयो । उहाँले भन्नुभयो – ‘हिमपात छ । बाटोघाटो छैन । प्लेन पनि उडिरहेको छैन । एकहप्ता भन्दा बढी भइसक्यो । त्यसैले हामी यहीँबाट पार्टी टिकट र वारेसनामा पठाउन खोजेको ।’

नेता लामाले आफू उम्मेदवार बन्ने चाहाना नभएपनि जनताको मागका कारण उम्मेदवार बन्नुपरेको बताउनु भयो ।