काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो प्रशंसा गर्दै बनाइएका भिडियो रोक्न निर्देशन दिएको बताउनुभएको छ ।
आफ्नो नाममा सचिवालयबाट आएको भिडियोबारे प्रतिक्रिया जनाउँदै बूढानिलकण्ठमा जारी बैठकमा यस्तो बताउनुभएको हो ।
‘मलाई शेरबहादुर देउवा मनपर्छ किनभने‘’ नामको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रधानमन्त्री देउवाको आलोचना भएको थियो ।
त्यसको पक्षविपक्षमा केन्द्रीय स्तरका नेताहरुको चर्काचर्की भएपछि देउवाले अब त्यसो नहुने बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘त्यो भिडियो बन्द गर्न मैले निर्देशन दिइसँके, अब आउँदैन, तपाईहरु ढुक्क हुनुस् ।’
महाधिवेशन केन्द्रीत भएर बोलाइएको बैठकमा भिडियोबारे पनि प्रशंग उठेको थियो ।